श्रावण ४, २०८२ आइतबार July 20, 2025

तपाईको ल्यापटप वा डेस्टटपको विन्डोज स्पीड यसरी बढाउनुहोस्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः एजेन्सीः हामीले प्रयोग गर्दै आएको ल्यापटप वा डेस्टटपको स्पीड केही समयपछि विस्तारै स्लो हुँदै जान्छ । हामीले खरिद गरेको नयाँ ल्यापटप वा कम्प्युटरमा प्रत्येक दिन आउने नयाँ सफ्टवयेर तथा विन्डोज अपडेटले पनि स्लो बनाउने गरेको हुन्छ ।

त्यसकारण कम्पुटर किन्दा हामीले सकेसम्म उच्च क्षमताको किन्नु जरूरी हुन्छ । बजारमा विभिन्‍न ब्राण्ड र मूल्यका ल्यापटपहरू उपलब्ध हुन्छन् ।

हाल धेरै जसो कम्प्युटरहरू विन्डोज १० अपरेटिङ सिस्टममा आधारित हुन्छन् । हामीले यसमा काम गर्दै जाँदा कतिपय अवस्थामा यसमा अनावश्यक फाइलरू जम्मा भएका हुन्छन् जसलाई कतिपय अवस्थामा डिलिट गर्दा समेत स्पीड बढ्न जाने हुन्छ ।

कम्पुटर छिटो बनाउने केहि प्रक्रियाहरू:

डिस्क क्लिकअप गर्नुहोस्

तपाईंको कम्प्युटरमा भएका सबै फाइलहरू आवश्यक नहुन सक्छन् । त्यस्ता अनावश्यक फाइलहरू डिलिट गर्ने गर्नुभयो भने तपाईंको कम्प्युटरलाई छिटो चल्ने हुनसक्छ । यसका लागि निम्नअनुसार गर्नुहोस् ।

– ओपन माइ कम्प्युटरमा जानुहोस् ।

– सी ड्राइभमा राइट क्लिक गर्नुहोस् ।

– त्यहाँ रहेको प्रोपर्टीमा जानुहोस् ।

– अब डिस्क क्लिनअप अप्सनमा क्लिक गर्नुहोस् । यसले केही समय लिनेछ ।

– त्यसपछि क्लिनअप सिस्टम फाइलमा क्लिक गर्नुहोस् । यति सबै प्रकृया पुरा गरिसकेपछि कम्प्युटरलाई एकपटक बन्द गरेर खोल्नुहोस् ।

टेम्पोररी फाइल डिलिट गर्नुहोस्

कम्प्युटर तथा ल्यापटपको प्रयोग गर्दै जाँदा विभिन्न प्रोग्रामले अनेक फाइलहरू तयार पारेका हुन्छन् । तर, काम सम्पन्न भइसक्दा समेत त्यस्ता अस्थायी फाइलहरू कम्प्युटरमै बसिरहेका हुन्छन् ।

जसले कम्प्युटरको स्पीड कम हुन जान्छ । तलको तरीका अपनाएर यसलाई फाल्नुहोस् ।

– किबोर्डमा विण्डो बटनसँगै आर थिच्नुहोस् ।

– अब त्यहाँ %temp% टाइप गर्नुहोस् ।

– कन्ट्रोल बटनसँगै ए दबाएर सबै फाइल सेलेक्ट गर्नुहोस् र राइट क्लिक गरी डिलिट गर्नुहोस् ।

– फेरी अघि जस्तै विण्डोसँगै आर बटन दबाउनुहोस् ।

– त्यहाँ prefetch टाइप गर्नुहोस् र कन्टिन्युमा क्लिक गरी अगाडि बढ्नुहोस् ।

– अब त्यहाँ रहेका सबै फाइल सेलेक्ट गरी डिलिट गर्नुहोस् ।

अटो रन प्रोग्राम बन्द गर्नुहोस्

कम्प्युटर तथा ल्यापटप अन गर्ने वित्तिकै स्वतः स्टार्ट हुने प्रोग्रामहरूले तपाईंको कम्प्युटरको स्पेस प्रयोग गरिरहेका हुन्छन् । जसले गर्दा तपाईंलाई आवश्यक प्रोग्रामले सजिलै रुपमा काम गरिरहेको हुँदैन ।

यसका लागि तलको प्रक्रियाबाट अटो स्टार्ट हुने प्रोग्रामहरू बन्द गर्न सक्नुहुन्छ ।

– यसका लागि अल्ट, कन्ट्रोल र डिलिट बटनलाई एकसाथ थिच्नुहोस् ।

–  टास्क म्यानेजरमा प्रवेश गर्नुहोस् ।

– त्यहाँ माथि लहरै दिइएका अप्सनहरूमध्ये स्टार्टअपमा क्लिक गर्नुहोस् ।

– त्यहाँ तपाईंले अटो स्टार्ट हुने एपहरूको सूची देख्न सक्नुहुनेछ । त्यसमा गएर माइक्रोसफ्ट प्रोग्राम तथा एन्टीभाइरस बाहेक सबै प्रोग्रामलाई अटो स्टार्ट हुनबाट रोक्नुहोस् ।

– त्यसका लागि सम्बन्धित प्रोग्राममा क्लिक गरी पुछारमा रहेको डिसेबलमा क्लिक गर्नुहोस् ।

– यसको साटो सम्बन्धित प्रोग्राम चयन गरी राइट क्लिकमार्फत समेत निश्चित प्रोग्रामको अटो स्टार्ट इनेबल तथा डिसेबल गर्न सक्नुहुन्छ ।

यसरी तपाईंले आफ्नो कम्प्युटरको स्पीड बढाउन सक्नुहुन्छ । – एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच छलफल
२०८२ श्रावण ४, आइतबार
तेस्रो ताप्लेजुङ गोल्डकप फुटबलमा भारतसहित आठ टोलीको सहभागिता
२०८२ श्रावण ४, आइतबार
पूर्वमधेस प्रदेश प्रमुख ‘अहिराज’ बालिका बलात्कार अभियोगमा काठमाडौंबाट पक्राउ
२०८२ श्रावण ४, आइतबार
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार