श्रावण ४, २०८२ आइतबार July 20, 2025

नेपालमा अवैध मोबाइलमाथि बैशाखबाटै प्रतिबन्ध लगाउने सरकारको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारले आगामी नयाँ वर्ष २०७९ को सुरुवातसँग नेपालमा अवैध मोबाइलमाथि प्रतिबन्ध लगाउने भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले अवैध मोबाइल नियन्त्रण गर्न वैशाख मसान्तसम्म मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्ण रुपमा सञ्चालनमा ल्याउने बताए ।

प्राधिकरणको २४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष खनालले एमडीएमएस पूर्ण रुपमा सञ्चालनमा ल्याउन आवश्यक तयारी अन्तिम चरणमा पुगेको उल्लेख गरेका छन् । प्राधिकरणले गत साउन १ देखि आईएमईआई नम्बर अनिवार्य गर्दै एमडीएमएस प्रणाली प्रारम्भिक रुपमा सुरु गरेको थियो ।

तर आवश्यक सम्पूर्ण उपकरण तथा पूर्वाधार तयार नभइसकेको भन्दै त्यसलाई पूर्ण रुपमा सञ्चालनमा आउन भने सकेको थिएन । पहिलो चरणमा व्यवसायिक आयातकर्ताले मोबाइलको आयात गर्दा आईएमईआई रजिस्ट्र्र्रेसन मोबाइल डिभाइस मेनेजमेन्ट सिस्टम मार्फत गर्ने व्यवस्था मिलाइएको छ ।

साथै यस प्रणालीलाई क्रमश पूर्णरूपमा लागू गरी मोबाइलको आयात एवम् प्रयोगलाई थप व्यवस्थित, भरपर्दो र सुरक्षित बनाइने प्राधिकरणले जनाएकाे छ । हाललाई व्यक्तिगत रूपमा आयात गरेको मोबाइलको दर्ता प्राधिकरणको वेबसाइटबाट गर्न सकिने छ ।

हाल सञ्चालनमा रही प्रयोगमा आएका मोबाइलहरू सञ्चालनमा कुने वाधा अवराेध नआउने बताइएकाे छ । तर त्यस उपरान्त अवैध रुपमा आयात हुने तथा दर्ता नभएका मोबाइल सेटहरू भने नेपालमा चलाउन नसकिने गरी प्रतिबन्ध लाग्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच छलफल
२०८२ श्रावण ४, आइतबार
तेस्रो ताप्लेजुङ गोल्डकप फुटबलमा भारतसहित आठ टोलीको सहभागिता
२०८२ श्रावण ४, आइतबार
पूर्वमधेस प्रदेश प्रमुख ‘अहिराज’ बालिका बलात्कार अभियोगमा काठमाडौंबाट पक्राउ
२०८२ श्रावण ४, आइतबार
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार