श्रावण ४, २०८२ आइतबार July 20, 2025

फोटोशप सिक्न चाहनेका लागि ५ दिने निःशुल्क अनलाइन तालिम हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः फोटोशप कला सिक्न चाहनेका लागि आउँदो महिना ५ दिनसम्म निःशुल्क अनलाइन तालिम हुने भएको छ ।

आगामी मे २ देखि ६ (वैशाख १९ देखि २३) सम्म हुने फोटोशप भर्चुअल समिट ४ मा अन्तर्राष्ट्रिय विज्ञबाट अनलाइनबाटै नि:शुल्क फाेटाेशप तालिम दिइने भएकाे छ ।

हरेक वर्ष आयोजना हुँदै आएको यो समिटलाई एडोबीले प्रायोजन गरेको छ । दुई दशकदेखि फोटोग्राफी तथा रिटचमा काम गर्दै आइरहेका प्रशिक्षक डेभ क्रसको अग्रसरतामा यसअघि तीनवटा भर्चुअल समिट सम्पन्न भइसकेको छ ।

चौंथो संस्करणको भर्चुअल समिटमा पाँच दिनमा २० प्रशिक्षक र कुल ४० अनलाइन क्लास हुनेछ ।

प्रशिक्षक क्रसका अनुसार हरेक एक घण्टा नयाँ टपिकमा कक्षा सञ्चालन हुनेछ । हरेक दिनकाे कक्षा ४८ घण्टासम्म अनलाइनमा निःशुल्क हेर्न सकिन्छ ।

भीआईपी पास लिएका सदस्यहरुले कुनै पनि समयमा फोटोशपको कक्षा हेर्न र डाउनलोड गर्न पाउने छन् ।

उक्त प्रशिक्षणमा नयाँदेखि व्यवसायिक रूपमा काम गरिरहेका सबै प्रकारका फोटोशप प्रयोगकर्ता सहभागी हुन मिल्ने बताइएकाे छ । -टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार