श्रावण ४, २०८२ आइतबार July 20, 2025

सामसङ ए२३ को मूल्य घट्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सामसङले ए सिरिज अन्तर्गतको ग्यालेक्सी ए२३ को मूल्य घटाएको छ । कम्पनीले नयाँ वर्षको अवसरलाई लक्षित गर्दै ए२३ को मूल्य दुई हजारले घटाइएको हो । यो सँगै ग्यालेक्सी ए२३ (६ जिबी र्‍याम र १२८ जिबि रोम) को नयाँ मूल्य २९ हजार ९ सय ९९ कायम भएको छ ।

त्यस्तै ४ जिबी/६४ जिबी भेरियन्टको मूल्य २५ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । सामसङ ग्यालेक्सी ए२३ मा  स्न्यापड्रागन ६८० प्रोसेसर रहेको छ । एण्ड्रोइड १२ र वान् युआई ४.१ मा आधारित फोनमा ६.६ इन्चको फुल एचडी डिस्प्ले रहेको छ ।

वाटरड्रप नच डिस्प्ले युक्त फोनमा ४ ओटा क्यामरा रहेका छन् । जसमा ५० मेगापिक्सलको मुख्य सेन्सर, ५ मेगापिक्सलको अल्ट्रा वाइड सूटर, एउटा २ मेगापिक्सलको डेप्थ सेन्सर र एउटा २ मेगा पिक्सलको म्याक्रो क्यामेरा रहेको छ ।

फोनमा ५ हजार एमएएच क्षमताको ब्याट्री रहेको छ । साथै फास्ट चार्जिङका लागि फोनले २५ वाट सम्म सपोर्ट गर्ने जनाइएको छ । तर, फोन खरिद गर्दा बक्समा भने १५ वाटको एडप्टर प्राप्त हुनेछ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार