श्रावण ४, २०८२ आइतबार July 20, 2025

साओमीको ६००० एमएएच ब्याट्री भएको नयाँ स्मार्टफोन रेड्मी टेन नेपाली बजारमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः चिनिँया मोबाइल ब्रान्ड साओमीले आफ्नो नयाँ स्मार्टफोन रेड्मी टेन नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले सस्तो दरमा उत्कृष्ट उत्पादन ल्याउने लक्ष्यका साथ यो फोन नेपाली बजारमा ल्याएको हो ।

साओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमितकुमार पन्डाले उपभोक्तालाई केन्द्र विन्दुमा राखेर उच्च प्रविधि युक्त नयाँ स्मार्टफोन सार्वजनिक गरिएको बताए । “कम बजेटमा राम्रो कार्यक्षमता खोज्नेका लागि रेड्मी टेन सबैभन्दा उत्कृष्ट उत्पादन हो,” उनले भने ।

रेड्मीको यो उपकरणमा फ्ल्यागशिप उपकरणहरूमा पाइने स्न्यापड्रागन ६८० तथा ६ एनएम प्रोसेसर राखिएको छ । यसका साथै फोनमा ६००० एमएएचको ब्याट्री दिइएको छ । फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ भने साथमा दुई एमपी डेप्थ क्यामेरा र सेल्फीका लागि ५ मेगापिक्सेल क्यामेरा छ ।

६.७१ इन्चको डिस्प्ले रहेको फोन एन्ड्रोइड ११ मा आधारित एमआईयूआई १३ सफ्टवेयरबाट सञ्चालित छ । यो फोन छ जीबीसम्मको र्‍याम र १२८ जीबीसम्मको आन्तरिक स्टोरेज भेरियन्टमा बजारमा आएको हो ।

फोनमा डुअल–ब्यान्ड वाईफाई र ब्लुटुथ ५.०, डाउन–फायरिङ स्पिकर जस्ता विशेषताहरू रहेका छन् । यस किसिमका आकर्षक विशेषता सहितको रेडमी नोट टेन मिडनाइट ब्ल्याक, प्यासिफिक ब्लु, क्यारेबियन ग्रीन गरि तीन फरक कलर भेरियन्टमा उपलब्ध छ ।

नेपालमा रेड्मी टेन ४/६४ जीबी संस्करणको मूल्य १८ हजार ९ सय ९९ र ६/१२८ जीबी संस्करणको मूल्य २१ हजार ९ सय ९९ रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार