श्रावण ४, २०८२ आइतबार July 20, 2025

यस्ता छन् विश्वकै सबैभन्दा महँगा फोनहरूः (मूल्यसूचीसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः तपाईंको स्मार्टफोनको मूल्य कति हो ? कतिलाई लाग्न सक्छ म त एकदमै सस्तो फोन बोकिरहेको छु, भने कतिलाई लाग्न सक्छ म निकै महँगो फोन प्रयोग गर्छु । महँगाे लागेको फोनको मूल्य कति हाे ? एक लाख वा दुई लाख ? यदि यहि मूल्यलाई तपाईं सबैभन्दा महँगो फोन हो भनेर सोच्नुहुन्छ भने तपाईं गलत पनि हुनसक्नुहुन्छ ।

यति कुरामा तपाईं ढुक्क हुनुहोस् कि विश्वमा तपाईंको फोनको तुलनामा कयौं गुणा महँगा फोनहरू बजारमा उपलब्ध छन्, जसको प्रयोग विश्वका धेरै प्रयोगकर्ताहरूले गरिरहेका छन् ।

हाल बजारमा नयाँ आईफोनको मूल्य औसत १ लाख २५ हजार रुपैयाँ हाराहारी पर्छ जुन विश्वका धेरै मानिसहरूका लागि निकै मोटो रकम हो । त्यस्तै कुनै आईफोन यति महँगा छन् जसको मूल्य अर्बौं रुपैयाँ पर्छ। विश्वका सर्वाधिक महँगा फोनको सूचीको पहिलो पाँच फोनमा एप्पलको आइफोन पर्छ । तीनै शीर्ष पाँच महँगा फोनको सूची र ती फोनमा के कस्ता कुराहरू समावेश छन् भन्ने जानकारी यहाँ उल्लेख गरिएको छ ।

१. फाल्कन सुपरनोभा आईफोन ६ पिङ्क डाइमण्ड 

विश्वको सबैभन्दा महँगो फोन हो फाल्कन सुपरनोभा आईफोन ६ पिंक डाइमण्ड । यो ६ अर्ब रुपैयाँभन्दा बढी मूल्यमा बिक्री भएको थियो । फाल्कन सुपरनोभा, आईफोन ६ लाई पुन: निर्माण गरी सन् २००४ मा पिंक डाइमण्ड मोडेल सार्वजनिक गरिएको फोन थियो ।

यो फोनलाई २४ क्यारेट सुनले ढाकिएको छ भने यसलाई निकै नै दुर्लभ र मूल्यवान मानिएको गुलाबी हीराले सजाइएको छ । यसलाई प्लाटिनमले लेपन गरिएको छ । त्यस्तै यस फोनलाई ह्याक हुनबाट जोगाउन ह्याक प्रिभेन्सन प्रविधि समेत समावेश गरिएको छ ।

विश्वको सबैभन्दा महँगो यो फोन एसियाको दोस्रो धनी व्यक्ति मुकेश अम्बानीकी पत्नी र भारतीय क्रिकेट टोली मुम्बई इन्डियन्सकी मालिक नीता अम्बानीले खरिद गरेकी छिन् ।

२. आईफोन ४ एस एलिट गोल्ड 

विश्वको दोस्रो महङ्गो फोनको सूचीमा आउँछ एप्पलको आईफोन ४ एस एलिट गोल्ड । यो फोनको मूल्य १ अर्ब १६ करोड रुपैयाँ भन्दा बढी छ । विश्वको सबैभन्दा महँगो फोनको सूचीमा दोस्रो भएको फोन प्रति धेरै कुराको अपेक्षा हुनु स्वभाविक नै हो । यदि तपाईँहरूलाई पनि त्यस्तै लागेको छ भने चिन्ता नलिनुहोस् यसमा तपाईंले अपेक्षा गरे अनुरूपकै फिचरहरू रहेका छन् ।

यो फोन हातबाट बनेको फोन हो जसलाई पाँचसय र एकसय क्यारेट हीराले लेपन गरिएको छ । यो फोनको लोगोलाई चौबीस क्यारेट सुनले निर्माण गरिएको छ भने फोनमा भएको लोगोमा ५३ वटा हीरा रहेका छन् जसले यस फोनलाई अझ आकर्षक बनाएको छ ।

त्यस्तै यसको होम बटन ८.६ क्यारेट सिंगल कट हीराले बनाइएको छ । यो फोनको बडि भने सोलिड प्लाटिनमले बनाइएको छ, जसलाई टि-रेक्स डायनासोरको हड्डीको टुक्राले पलिस गरिएको हो । त्यस्तै यसमा निकै नै बहुमूल्य रत्न जस्तै ओपल्स, स्टार सनस्टोन, रुटिलेटेड क्वार्ज, चारोइट र पिइटरसाइट प्रयोग गरिएको छ ।

३. आईफोन ४ डायमन्ड रोज एडिसन

विश्वका सबैभन्दा महँगा फोनको सूचीमा तेस्रो नम्बरमा आउँछ एप्पलकै आईफोन ४ डायमन्ड रोज एडिसन । यो फोनको मूल्य ९९ करोड ४ लाख रुपैयाँ रहेको छ । यस फोनलाई विशेष बनाउन हालसम्म यस्ता दुईवटा फोन मात्र निर्माण भएका छन् । यो फोनलाई खरिद गर्ने मान्छेको इच्छा अनुरूप नै कस्टमाइज गरिएको छ ।

यो फोनमा सोलिड रोज गोल्ड प्रयोग गरिएको छ भने यसमा पाँचसय  र सय क्यारेट हीरा समावेश छन् । यसमा भएको एप्पल लोगो ५३ वटा हीराले सजाइएको छ । त्यस्तै यसको होम बटन ७.४ क्यारेट सिंगल कट पिङ्क डायमन्डले बनाइएको छ । यसलाई सोलिड ग्रेनाइट बक्समा प्याक गरिएको छ ।

४. गोल्ड स्ट्राइकर आईफोन ३ जीएस सुप्रिम 

विश्वका सर्वाधिक महँगा फोनको चौथो सूचीमा छ गोल्डस्ट्राइकर आईफोन ३ जीएस सुप्रिम । यसलाई दुई सय ७१ ग्रामको २१ क्यारेट सुनले बनाइएको हो । यो फोनमा १३६ वटा हीरा प्रयोग भएको छ । जसमध्ये ५३ वटा हीरा फोनको एप्पल लोगोमा समावेश गरिएको छ । यसको होम बटनमा  भने ७.१ क्यारेटको सिंगल-कट डायमण्ड प्रयोग गरिएको छ ।

यदि तपाईंले गोल्ड स्ट्राइकर आईफोन ३ जीएस सुप्रिम किन्नुभयो भने तपाईंले ग्रेनाइटको सिंगल टुक्राबाट बनेको ग्रेनाइट बक्स पाउनु हुनेछ । त्यस्तै यो फोनको बक्सलाई विश्वको उच्च स्तरीय छाला र कश्मीर गोल्ड प्रयोग गरी आकर्षक बनाइको छ । आईफोन ३जीएस किङ्ग्सको मूल्य ३० करोड ६१ लाख रुपैयाँ रहेको  छ ।

५. आईफोन ३जी किङ्ग्स बटन 

विश्वका सर्वाधिक महँगा मोबाइलको सूचीमा पाँचौं नम्बरमा एप्पलको आईफोन ३जी किङ्ग्स बटन रहेको छ । यसको मूल्य करिब ३१ करोड रुपैयाँ रहेको  छ । यो फोन १८ क्यारेट पहेँलो, सेतो र रोज गोल्डले बनेको छ । फोनको वरिपरि सेतो लाइन देख्न सकिन्छ जसलाई १ सय ३८ वटा हीराले सजाइएको छ ।

त्यसभन्दा पनि यस फोनलाई ६.६ क्यारेट सिङ्गल कट हीराले विशेष बनाएको छ । यस फोनलाई बजारमा पाइने फोनमध्ये सबैभन्दा आकर्षक र सुन्दर फोन मानिन्छ । यी जानकारीहरू लक्सह्याबिटाट, भ्यालु वाक र मार्केटिङ ९१ बाट साभार गरिएको हो । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार