श्रावण ४, २०८२ आइतबार July 20, 2025

२१,००० एमएएच ब्याट्री भएको स्मार्टफोन सार्वजनिक, एक पटक चार्ज गर्दा ९४ दिनसम्म टिक्ने !

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः स्मार्टफोनको लोकप्रियता बढ्दै जाँदा उत्पादक कम्पनीहरूबीच नयाँ नयाँ फिचर सहितका स्मार्टफोन सार्वजनिक गर्ने होड चलेको छ । यस्तोमा कम्पनीहरू ब्याट्रीको क्षमता बढाउने, शक्तिशाली चिपसेट तथा क्यामेरा समावेश गर्ने आदि कार्यबाट बजारमा उपभोक्तालाई आफूतर्फ आकर्षित गर्न लागिपरेका छन् ।

यसैबीच डब्लूपी नाइन्टिन नामक एक चिनियाँ स्मार्टफोन निर्माता कम्पनीले नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । यो स्मार्टफोनमा ,२१००० एमएएच क्षमताको ब्याट्री राखिएको छ ।

शक्तिशाली ब्याट्री भएको यो स्मार्टफोन एक पटक चार्ज गर्दा एक हप्तासम्म ढुक्कले चलाउन सकिन्छ । कम्पनीको दाबी अनुसार डब्लूपी नाइन्टिन स्मार्टफोनमा लगातार १२२ घण्टा कल, १२३ घण्टाको अडियो प्ले ब्याक, ३६ घण्टाको भिडिओ प्लेब्याक र २२५२ घण्टा अर्थात ९४ दिनको स्ट्यान्डबाई टाइम दिन्छ ।

यो स्मार्टफोनमा २७ वाटको फास्ट चार्जिङ रहेको यो स्मार्टफोन फुल चार्ज हुन चार घण्टा लाग्दछ । नयाँ अकिटेल एउटा मजबुत स्मार्टफोन हो, जसमा आईपी ६८ तथा आईपी ६९ रेटिङका साथै मिल एसटीडी ८१० जी डस्ट तथा वाटर प्रोटेक्सन रहेको छ । यो फोनमा ६.७८ इन्चको डिस्प्ले दिइएको छ ।

जसमा फुल एचडी प्लस रेजोलुसन तथा ९० हर्जको रिफ्रेश रेट पाउन सकिन्छ । मिडियाटेक हेलियो जी ९५ प्रोसेसर राखिएको अकिटेल डब्लूपी नाइन्टिन आठ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेजका साथ बजारमा आएको हो ।

यो फोनमा पछाडि तर्फ तीन ओटा क्यामेरा राखिएका छन् । जसमा ६४ मेगापिक्सेलको प्राइमरी सेन्सर, दुई मेगापिक्सेलको म्याक्रो क्यामेरा सेन्सर र २० मेगापिक्सेलको सोनी नाइट भिजन आईआर मोड्युल रहेका छन् ।

यस बाहेक फोनमा १६ मेगापिक्सेलको सेल्फी शुटर समेत छ । एन्ड्रोइड १२ अपरेटिङ सिस्टममा चल्ने यो फोन हाल अलिएक्सप्रेसमा बिक्रीका लागि उपलब्ध छ । जसको मूल्य ६९४ युरो अर्थात करिब ९२ हजार रुपैयाँ राखिएको छ । -टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार