चैत्र १६, २०८० शुक्रबार March 29, 2024

एमालेका पूर्व मेयर द्वारिकलाल चौधरी माओवादी केन्द्रमा प्रवेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सुनसरीको इटहरी उपमहानगरपालिकाका पूर्व मेयर तथा एमाले सुनसरीका पूर्वअध्यक्ष द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

आइतबार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा चौधरीले एमाले परित्याग गरी माओवादी पार्टीमा प्रवेश गरेका हुन। चौधरीलाई दाहालले माओवादी पार्टीमा स्वागत गर्दै खादा लगाएर पार्टी प्रवेश गराएका थिए।

माओवादी प्रवेश गरेका चौधरीले एमाले पार्टीलाई केपी ओलीले शही नेतृत्व गर्न नसकेको र एमालेमा खराब प्रवृत्ति हाबी भएका कारण एमाले परित्याग गरी माओवादी प्रवेश गरेको बताए।

उनले एमाले अध्यक्ष ओलीले मधेस र मधेसी जनताको विरुद्द लागेर मधेसलाई अपमान गरेको पनि आरोप लगाएका छन् ।

चुनावको मुखमा चौधरीले एमाले परित्याग गरेपछि एमालेलाई सुनसरी क्षेत्र नम्बर २ मा अपूरणीय क्षति हुने भएको छ। चौधरी समुदायको बाहुल्य क्षेत्र रहेको सुनसरी क्षेत्र नम्बर २ (क) मा उनलाई माओवादीले उम्मेदवार बनाउने चर्चा चलेको छ।

चौधरीले भने आफू झापामा केपी ओलीसँगै चुनाव लड्ने इच्छा व्यक्त गरेका छन। उनले माओवादीले टिकट दिए ओलीलाई झापामा चुनाव हराउने आफूसँग तागत रहेको बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
समृद्धिका लागि जनप्रतिनिधि र कर्मचारीको समन्वय अपरिहार्य : सञ्चारमन्त्री शर्मा
२०८० चैत्र १५, बिहिबार
दाङमा अटो दुर्घटना हुँदा ३ जना घाइते
२०८० चैत्र १५, बिहिबार
कांग्रेसमा खुसी ल्याउन आवश्यक छः महामन्त्री थापा
२०८० चैत्र १५, बिहिबार
बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री लामिछाने
२०८० चैत्र १५, बिहिबार
रूसी सेनाको विमान क्रिमियाली क्षेत्रमा दुर्घटनाग्रस्त
२०८० चैत्र १५, बिहिबार
एमाले उदयपुरको अध्यक्षमा भागवत राउत निर्वाचित
२०८० चैत्र १५, बिहिबार
गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता : सुष्मा र अस्मिता सेमिफाइनलमा
२०८० चैत्र १५, बिहिबार