वैशाख ७, २०८१ शुक्रबार April 19, 2024

जहाजको टिकट नपाउँदा सर्वसाधारण अलपत्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रिय सडक सञ्जाल नजोडिएका केही पश्चिम हिमाली जिल्लामा हवाई जहाजको टिकट नपाउँदा यात्रु अलपत्र परेका छन्। नेपालगञ्ज विमानस्थलबाट हुम्ला, डोल्पा लगायतका हिमाली जिल्लामा जहाजको टिकट नपाउँदा दसैं, तिहार मनाउन घर जान लागेका विद्यार्थी लगायत अन्य मानिस अलपत्र परेका हुन् ।

जहाजको टिकट दुई हप्तासम्म नपाएको र आफूसँग खान र बस्नका लागि अब पैसा नभएकाले कसरी बाच्ने भन्ने चिन्ता थपिएको यात्रुहरुको गुनासो छ। निजी एयरलाइन्सका हवाईजहाजले आफूखुशी टिकट वितरण गरिरहेको र बढी पैसा दिनेलाई टिकट दिने गरेको उनीहरु बताउँछन्।

नेपाल एयरलाइन्सले हाल नेपालगञ्जबाट हप्तामा दुईदिन मात्र दुर्गम पहाडी जिल्लामा उडान भर्दै आएको छ। यसैगरि तारा एयरको चार जहाज मध्ये एउटा जहाजले मात्र उडान गर्दै आएको, सीता एयरले माउण्टेन उडान गर्दै आएको र समिट एयरले मात्र उडान गर्दै आएकाले यो समस्या आएको उनीहरु बताउँछन् ।

निजी विमान कम्पनीहरुले हिमाली तथा पहाडी जिल्लामा उडानमा कमी ल्याएपछि हवाई यात्रुहरुलाई समस्या भएको हो । नियमित उडानका लागि सम्बन्धित निकायले नियमन गर्न जरुरी देखिएको सर्वसाधरणहरु बताउँछन् । -कारोबार दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कर्मचारी कार्यसम्पादनको ‘राजनीति’ : श्यामप्रसाद मैनाली
२०८१ वैशाख ७, शुक्रबार
आज पनि बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल खुवाइँदै
२०८१ वैशाख ७, शुक्रबार
डिसहोम फाइबरनेटको ‘क्याच द बिग अफर’ सुरु
२०८१ वैशाख ७, शुक्रबार
गोकुल बास्कोटाको टिप्पणी : सबैतिर गठबन्धन गर्नु तर राजनीतिमा कहिल्यै गठबन्धन नगर्नु !
२०८१ वैशाख ७, शुक्रबार
सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना: ३ जनाको मृत्यु, ३२ घाइते
२०८१ वैशाख ७, शुक्रबार
प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेटवार्ता
२०८१ वैशाख ७, शुक्रबार
मध्यपश्चिम विश्वविद्यालयको उपकुलतिमा तीन जनाको नाम सिफारिस
२०८१ वैशाख ७, शुक्रबार