चैत्र १६, २०८० शुक्रबार March 29, 2024

खुकुरी प्रहार गरी आमा र काकाको हत्या गर्ने चन्द्र झापाबाट पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः झापाको कमलमा खुकुरी प्रहार गरी दुई जनाको हत्या भएको छ। कमल गाउँपालिका २ स्थित सिमलडाँगी निवासी ५० वर्षीया चन्द्रकला माझी र ५० वर्षीय सन्तबहादुर माझीको हत्या भएको प्रहरी कार्यालय झापाका एसपी विश्वमणि पोखरेलले जानकारी दिए।

उनीहरूको हत्या २३ वर्षीय चन्द्रबहादुर माझीले गरेका हुन्। चन्द्रले आमा चन्द्रकला र काका सन्तबहादुरलाई शनिबार राती १० बजे सुतिरहेको ठाउँमै खुकुरी प्रहार गरी हत्या गरेका हुन्।

घटना भएलगतै इलाका प्रहरी कार्यालय दमकको टोलीले चन्द्रबहादुरलाई घटनास्थलबाटै पक्राउ गरेको एसपी पोखरेलले बताए। पारिवारिक कलहका कारण चन्द्रबहादुरले आमा र काकाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया