वैशाख ८, २०८१ शनिबार April 20, 2024

प्रथम गोर्खाश्री राष्ट्रिय पुरस्कारद्वारा श्रेष्ठ सम्मानित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः देशको विकास र समृद्धिका लागि भारतका कयौँ राजनीतिक पार्टीहरू अलग-अलग रहँदारहँदै पनि विचारमा एक भइराखेका छन् भने गोर्खा समुदायका विभिन्न राजनीतिक पार्टीहरूले एउटै विचार अलग राज्यको माग बोकेका छन् भने त्यसलाई देशको नेतृत्वले स्वीकार्नु पर्छ।

देशका राजनीतिक पार्टीहरू त शारीरिक रूपमा एक हुन सक्दैनन् भने देशले गोर्खाहरू पनि शारीरिक रूपमा एक हुनुपर्छ भन्ने स्वर त्यो सम्भव छैन। प्रजातन्त्रमा सबैलाई आ-आफ्नो विचार राख्ने अधिकार छ तर विचारमा मूल मुद्दा एक छ भने त्यो सर्वहिताय हो।

उक्त मन्तव्य कालेबुङस्थित सिङ्क्लियसर्स रिट्रिटमा सोशियल इञ्जिनियर्स अर्गनाइजेशनको पक्षमा गोर्खाश्री राष्ट्रिय सम्मान अलङ्करण समारोहलाई सम्बोधन गर्ने क्रममा नाट्यभूषण एवं बंगरत्न पुरस्कारद्वारा सम्मानित सी. के. श्रेष्ठले राखेका हुन्। उनले आफ्नो सम्बोधनमा विशाल प्रजातान्त्रिक भारतमा गोर्खाहरूको अवस्थान र स्थितिप्रति ध्यानाकर्षण गराउँदै कार्यक्रममा विशेष रूपमा उपस्थित रहेकी राष्ट्रिय महिला आयोग अध्यक्षा श्रीमती रेखा शर्मालाई सङ्केत गर्दै प्रथम गोर्खाश्री सम्मानद्वारा सम्मानित सी. के. श्रेष्ठले आफ्ना विचारहरू साझा गरेका थिए। उनले आफ्नो सम्बोधनमा गोर्खाहरूको समस्यालाई राष्ट्रिय समस्या ठानेर राष्ट्रिय समाधान दिनुपर्छ भन्नेमा प्रकाश पारे।

कार्यक्रमलाई सी. के. श्रेष्ठले सम्बोधन गर्नभन्दा पहिले राष्ट्रिय महिला आयोग अध्यक्षा श्रीमती रेखा शर्माले आफ्नो सम्बोधनमा तपाईंहरू आफ्ना मुद्दा सन्दर्भमा एक भएर अघि आउनुहोस्, तपाईंहरूको मागको सुनवाइ अवश्य हुनेछ भन्ने प्रश्नको उत्तरमा प्रथम गोर्खाश्री सम्मानद्वारा सम्मानित श्रेष्ठले उक्त मन्तव्य जाहेर गरेका थिए।

स्मरण रहोस्, श्रेष्ठले आफूलाई प्राप्त भएको एक लाख नगद राशि सोशियल इञ्जिनियर्स समितिले भविष्यमा अझ असल र सङ्गठित हिसाबमा कार्य गर्न सकोस् भन्ने ध्येयका साथ उक्त पुरस्कार राशि समितिलाई उल्टा हस्तान्तरण गरेका छन्।

कार्यक्रमको प्रारम्भ सी. के. श्रेष्ठ रचित गोर्खा जागरण गीतबाट भएको थियो भने स्वागत सम्बोधन अन्तर्गत वरिष्ठ साहित्यकार एवं समाज सचेतक डा. हर्कबहादुर छेत्रीले पनि गोर्खाको साझा समस्या सन्दर्भलाई उठान गर्दै राष्ट्रले यहाँका मात्र होइन सम्पूर्ण भारतभरिका गोर्खाहरूको समस्यालाई मध्यनजर राख्नु पर्ने मन्तव्य प्रकट गरेका थिए।

कार्यक्रमलाई सुमधुर बनाउनका निम्ति कप्तान रामसिंह ठकुरी सङ्गीत एकाडेमीद्वारा धुन गीत प्रस्तुत गरिएको थियो भने सोशियल इञ्जिनियर्स कमिटीद्वारा पनि आ-आफ्ना पक्षहरू राखिएका थिए। कार्यक्रममा उपस्थित रहेका विशेष अतिथिहरूको सम्वर्द्धना पत्र आकाशवाणी गान्तोककी पूर्व समाचार वाचिका अनिता निरौलाले पठन गरेकी थिइन्। समारोहलाई सम्बोधन गर्ने क्रममा भारतका पूर्व हकी कप्तान भरत छेत्री लगायत मनोज कुमार, शोधार्थी अनि विषय विशेषज्ञले पनि आ-आफ्नो मन्तव्य प्रस्तुत गरेका थिए।

कार्यक्रमको गरिमालाई उच्चता दिनका निम्ति कालेबुङ संलग्न क्षेत्र लगायत सिलगढ़ीबाट पनि विशेष उपस्थिति रहेको थियो। यसबाहेक सिक्किमका गान्तोकवासी, भारतीय गोर्खा परिसंघका सिक्किम शाखाका तदर्थ कमिटी अध्यक्ष चुनिलाल घिमिरे, महासचिव सामसोन गुरुङ, विक्रम गौतम, प्रचार-प्रसार सचिव अर्जुन पीयूष, नाम्चीबाट कला साहित्य संस्थानका अध्यक्ष गोकुल राई, जीवन माङ्पा, हिमाली बेली समाचार पत्रकी प्रमुख सम्पादिका श्रीमती माला राणा पात्रो, अर्चना प्रकाशनकी प्रमुख प्रिमुला भण्डारी, लेखक इतिहास अनुसन्धाता प्रेम कार्की, वरिष्ठ साहित्यकार के. एन. शर्मा आदि आदिको विशेष उपस्थिति रहेको थियो। साहित्य पोष्ट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गण्डकीमा मनाङेलाई भौतिक पूर्वाधार र चुमानलाई अर्थ मन्त्रालयको जिम्मेवारी
२०८१ वैशाख ८, शनिबार
प्रदेश सरकारले खेलकुद क्षेत्रमा बजेट बढाउँछ : मुख्यमन्त्री सोडारी
२०८१ वैशाख ८, शनिबार
झुलाघाट नाका आजदेखि पुनः सञ्चालनमा
२०८१ वैशाख ८, शनिबार
पार्टीलाई सिद्ध्याउने षडयन्त्र भइरहेको छः रवि लामिछाने
२०८१ वैशाख ८, शनिबार
राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ: परराष्ट्रमन्त्री श्रेष्ठ
२०८१ वैशाख ८, शनिबार
कैलालीका ७ नदीमा तटबन्ध निर्माण सुरु
२०८१ वैशाख ८, शनिबार
काठमाण्डौंका यी स्थानमा आज ९ घन्टा विद्युत अवरुद्ध हुने
२०८१ वैशाख ८, शनिबार