वैशाख ७, २०८१ शुक्रबार April 19, 2024

चुनावपछि संघ र प्रदेशमा गठबन्धनको सरकार बन्छ : मन्त्री कार्की

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सञ्चार तथा सूचना प्रविधि एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी मंसिर ४ गतेको निर्वाचनपछि संघ र प्रदेशमा लोकतान्त्रिक वाम गठबन्धनको सरकार बन्ने दाबी गर्नुभएको छ ।

सुनसरीको इनरुवा नगरपालिका–८ डुम्राहामा आयोजित चुनावी सभालाई सम्बाेधन गर्नुहुँदै मन्त्री कार्कीले मुलुकमा राजनीतिक स्थायीत्व, लोकतन्त्र र संविधानको रक्षाका लागि मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि गठबन्धनको सरकार बन्ने बताउनुभयाे ।

मुलुकमा विकास र समृद्धिका लागि लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरूलाई जिताउन आवश्यक रहेको उहाँले बताउनुभयो ।

सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार मन्त्री कार्कीले यस क्षेत्रको समग्र विकास र समुन्नत समाज निर्माणका लागि आफू कटिबद्ध रहेको बताउनुभयो ।

सुनसरी–४(ख) बाट लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट उम्मेदवार हाजी इसराईल मंसुरीले पनि गठबन्धनकाे जित सुनिश्चित भइसकेकाे बताउनुभयाे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया