चैत्र १६, २०८० शुक्रबार March 29, 2024

देशभर ६१ प्रतिशत मत खस्याे, १५ ठाउँमा मतदान स्थगित : आयाेग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः निर्वाचन आयोगले ६१ प्रतिशत मतदान भएको जानकारी दिएको छ । प्रारम्भिक विवरणअनुसार ६१ प्रतिशत मतदान भएको र सबै विवरण आउँदा यो प्रतिशत बढ्ने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभएको छ ।

आयोगको अपेक्षाभन्दा मतदान कम भएको पनि प्रमुख आयुक्त थपलियाले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो । केही छिटपुट घटनाबाहेक शान्तिपूर्ण र उत्साहजनकरूपमा मतदान भएकाे उहाँको भनाइ छ ।

यस्तै आयोगले विभिन्न १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको जनाएको छ । स्थगित भएको ठाउँमा दुई दिनभित्र पुनः मतदानका लागि निर्णय गरिने प्रमुख आयुक्त थपलियाले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया