मंसिर २०, २०७९ मंगलबार December 6, 2022

उपत्यकावासीले पत्याएनन् माओवादीलाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः १० वर्षे राजनीतिक द्वन्द्वको रापतापबाट शान्तिपूर्ण राजनीतिमा आएको नेकपा माओवादी केन्द्रलाई सहरी जनताले १५ वर्षपछि एक सिट पनि पत्याएनन् ।

माओवादी द्वन्द्वले आक्रान्त उपत्यकावासीले २०६४ सालको संविधानसभा निर्वाचनमा काठमाडौंका १० मध्ये चार र ललितपुरका ३ वटै क्षेत्रबाट माओवादीलाई स्वागत गरेका थिए । यसपटक कुनै पनि क्षेत्रबाट माओवादी उम्मेदवार प्रतिनिधिसभाका लागि अनुमोदनमा परेनन् ।

२०६४ सालको निर्वाचनपछि माओवादीको मत बढ्नुको सट्टा निरन्तर घटिरहेको छ । स्थानीय तहको निर्वाचन होस् वा संघीय संसद्को निर्वाचन, माओवादी केन्द्रले एमाले वा कविसको सहायताबिना एक्लै चुनाव लड्ने आँट गरेको देखिँदैन ।

पहिलो संविधानसभा निर्वाचनबाट माओवादी अध्यक्ष पुष्पकमल दाहालले काठमाडौं १० र रोल्पा १ बाट निर्वाचित भएर प्रधानमन्त्री बन्ने अवसर पाए । भखरै शान्तिप्रक्रियामा आएको माओवादीले पहिलो संविधानसभा निर्वाचनमा ३१ लाख ४५ हजार ५१९ (३०.५२ प्रतिशत) मत प्राप्त गरेको थियो ।

माओवादीले प्रत्यक्षतर्फ १२० सिट आफ्नो पोल्टामा पारेको थियो । –नागरिक दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया