मंसिर २०, २०७९ मंगलबार December 6, 2022

लाइसेन्सको नयाँ आवेदन खुला गर्न अझै एक हप्ता लाग्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन खुला गर्न अझै एक हप्ता लाग्ने भएको छ । यातायात व्यवस्था विभागका कर्मचारी, प्रहरी र प्रदेश यातायात कार्यालयका कर्मचारीहरू निर्वाचनमा खटिएकाले विभागले नयाँ आवेदन खुला गर्न सकेको छैन ।

निर्वाचनको मत गणना अन्तिम चरणमा नपुग्दासम्म आवेदन खुलाउन सहज नुहने विभागले जनाएको छ । विभागले मङ्सिर १ गतेदेखि लाइसेन्स आवेदन बन्द गरेको थियो । कर्मचारीहरू निर्वाचनमा खटिनुपर्ने भएकाले अर्को सूचना जारी नभएसम्मका लागि नयाँ आवेदन बन्द गरेको हो ।

विभागले ट्राफिक प्रहरी र सम्बन्धित कार्यालयसँग समन्वय गरेर खुला गर्ने जनाएको छ । विभागका प्रवक्ता ईश्वरीप्रसाद पनेरुले भने, “प्रहरी र प्रदेश यातायात कार्यालयसँग बिहीबार बैठक बस्दैछौँ, बैठकपछि आवेदन खुला गर्ने मिति टुङ्गो लाग्छ ।” – गोरखापत्रबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
फिफा विश्वकप : दक्षिण कोरियालाई हराउँदै ब्राजिल क्वाटरफाइनलमा
२०७९ मंसिर २०, मंगलबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
२०७९ मंसिर २०, मंगलबार
२० वर्ष पुगेर विवाह गर्ने किशोरीलाई रु १० हजार
२०७९ मंसिर २०, मंगलबार
विश्वविद्यालयमा प्राध्यापक अभाव, पठनपाठन प्रभावित
२०७९ मंसिर २०, मंगलबार
कतार विश्वकप : जापानलाई पराजित गर्दै क्रोएसिया क्वाटरफाइनलमा प्रवेश
२०७९ मंसिर २०, मंगलबार
मंगलबारको दिन गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् आजको राशिफल
२०७९ मंसिर २०, मंगलबार
९ कक्षाका छात्राका लागि झन्डै ५ करोडको झोला किन्दै मधेश सरकार
२०७९ मंसिर २०, मंगलबार