चैत्र १५, २०८० बिहिबार March 28, 2024

नुवाकोट – २ मा गतगणना नसकिदै अर्जुननरसिंह केसीको जीत सुनिश्चित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नुवाकोट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार अर्जुननरसिंह केसी लगातार अग्रता लिइरहेका छन्। यहाँ केसी २० हजार सात सय ५५ मतसहित अघि छन्।

नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडा १२ हजार चार सय ३२ मतसहित केसीलाई पछ्याइरहेका छन्। केसी अहिलेसम्म ८ हजार ३ सय २३ मतान्तरले अघि छन् । मतगणना जारी रहेको छ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुमनबिक्रम पाण्डेले ११ हजार ६ सय २५ मत ल्याएका छन् भने राप्रपाका उम्मेदवार झनक प्याकुरेलले १ हजार २ सय १० मत ल्याएका छन् ।

यहाँ १८ हजार बढी मत गणना गर्न बाँकी नै छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया