श्रावण ३, २०८२ शनिबार July 19, 2025

वाम गठबन्धनको सरकार बन्ने कुनै सम्भावना छैन : माधव नेपाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वाम गठबन्धनको सरकार बन्ने कुनै सम्भावना नरहेको बताएका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘म त्यस्तो सम्भवाना देखिरहेको छैन ।’

उनले वर्तमान गठबन्धन दलहरुसँगको सहकार्यलाई अगाडि बढाउने समेत बताए। ‘गठबन्धन दलहरुसँगको जुन सहकार्य छ, त्यसलाई अगाडि बढाएर लानुपर्छ भन्ने हामीले ठानेका छौं,’ नेपालले भने, ‘बाँकी कुरा राजनीतिक घटना क्रमसँगसँगै तय गर्छौं।’

गठबन्धनको सरकार बन्ने, नबन्ने कुरा पनि सम्पूर्ण चुनावी परिणाम आएपछि प्रष्ट हुने नेपालले बताए। ‘अहिले मतदान नै हुन बाँकी छ,’ उनले भने, ‘सबै आइसकेपछि एउटा ‘पिक्चर क्लियर’ हुन्छ । त्यसपछि सबैले आआफ्नो धारणा बनाउँछन् । त्यस क्रममा पनि हामीले आफ्नो धारणा तय गर्छौं।’

उनले राष्ट्रिय राजनीति कतै ‘दक्षिणपन्थी दिशातर्फ’ त जाँदै भन्ने बिषयमा पनि बैठकमा आफूहरुले गम्भीर चिन्तन गरेको बताए। ‘राष्ट्रिय राजनीति अब कुन दिशातर्फ अगाडि जान्छ भन्ने सन्दर्भमा हामीले गम्भीर चिन्तन मनन गर्‍यौं,’ नेपालले भने, ‘देश कतै दक्षिणपन्थी दिशातर्फ त जाँदैन भन्ने कुरालाई हामीले गम्भीरताका साथ लिनुपर्ने र सर्तक हुनुपर्ने आवश्यकता महसुस गर्‍यौं ।’

उनले इलाम, उदयपुर लगायतको चुनाव र मतगणनाबारे समीक्षा गरेको समेत बताए। इलामबाट पराजित भएका सम्मानित नेता झलनाथ खनालले धाँधदली भएर आफूलाई हराइएको दाबी गर्दै आएका छन् । उनले त्यसको कानूनी उपचार खोज्ने समेत चेतावनी दिएका छन् । नेपालले बैठकमा यसबारे पनि छलफल भएको बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त
२०८२ श्रावण ३, शनिबार
नेसपा (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने
२०८२ श्रावण ३, शनिबार
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
२०८२ श्रावण ३, शनिबार
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छः उपप्रधानमन्त्री प्रकाशमान सिंह (अन्तवार्ता)
२०८२ श्रावण ३, शनिबार
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री
२०८२ श्रावण ३, शनिबार
काभ्रेपलाञ्चोकमा बस दुर्घटना, २३ यात्रु घाइते (सूचीसहित)
२०८२ श्रावण ३, शनिबार
एमाले पोलिटब्युरो बैठक ललितपुरमा सुरु
२०८२ श्रावण ३, शनिबार