काठमाडाैंः सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी उम्मेदवार भगवती चौधरी विजयी हुनुभएको छ । उहाँले नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारलाई पराजित गर्नुभयो ।
चौधरीले ४० हजार ७ सय ८८ मत पाएर विजयी हुँदा गच्छदारले ३५ हजार ६ सय मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।
यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमलबाबु मैनालीले ६ हजार ४ सय ५३ मत पाउनुभएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया