श्रावण ३, २०८२ शनिबार July 19, 2025

गृहमन्त्री खाणकै गृहजिल्ला रुपन्देहीमा कांग्रेसको सर्मनाक हार, कार्यकर्ता असन्तुष्ट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः यसपटकको निर्वाचनमा नेपाली कांग्रेसले रुपन्देहीमा सर्मनाक हार बेहोरेको छ । पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा एउटा सिट पनि कांग्रेसले जित्न सकेन । जबकि २०७४ को निर्वाचनमा एमाले र माओवादीबीच वाम गठबन्धन हुँदा पनि कांग्रेसले रुपन्देही ४ र ५ मा प्रतिनिधिसभा सदस्य जितेको थियो ।

यसपटक गृहमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाण आफैं रुपन्देही ३ बाट चुनावमा उठेका थिए । तर, उनले समेत निर्वाचन हारे । कांग्रेस सरकारमा रहँदा गराएको निर्वाचनमा गृहमन्त्री पराजित भएको शृंखला खाणले पनि अगाडि बढाएका छन् । उनलाई राप्रपाका दीपक बोहराले पराजित गरे । रुपन्देही ५ बाट सधैं जित्दै आएका भरतकुमार शाहसमेत यसपटक पराजित भए । उनी सार्वजनिक लेखा समितिका पूर्वसभापतिसमेत हुन् ।

बहालवाला गृहमन्त्रीकै गृहजिल्लामा कांग्रेस प्रतिनिधिसभातफू शून्य भएपछि नेता कार्यकर्ता रुष्ट भएका छन् । नेपाली कांग्रेस रूपन्देहीका विभिन्न कमिटीमा आबद्ध कार्यकर्ताहरूले पार्टीले रूपन्देहीमा कुनै पनि सिट जित्न नसकेकोप्रति नैतिक जिम्मेवारी लिँदै जिल्ला नेतृत्वको राजीनामा माग गरेका छन्।

कांग्रेसले करारी हार बेहोरेपछि पार्टीभित्र आरोप प्रत्यारोप सुरू भएको छ। कांग्रेस लुम्बिनी प्रदेश समितिका सदस्यहरू रामबहादुर कार्की, विष्णु पोखरेल, रमेश खनाल, हरिध्वज मल्ल, पूर्वलुम्बिनी प्रदेश समिति सदस्य रमा अर्याल, पूर्वमहाधिवेशन प्रतिनिधि जसवन्त कुँवर, नेविसंघ पूर्वकेन्द्रीय सदस्य हरि न्यौपाने, कांग्रेस पूर्वक्षेत्रीय सचिव जोगबहादुर क्षेत्री, क्षेत्रीय प्रतिनिधिहरू खगेन्द्र रिजाल, रत्नबहादुर पौडेल, पोषराज चापागाईंलगायतले विज्ञप्ति जारी गर्दै अन्तर्घातको आरोपप्रति आपत्ति जनाएका छन्।

गृहमन्त्री खाण निकट कार्यकर्ताले संस्थापनइतर समूहकै अन्तर्घातका कारण पराजय बेहोरेको आरोप लगाएका थिए । त्यो आरोपको संस्थापनइतर समूहले प्रतिवाद गरेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त
२०८२ श्रावण ३, शनिबार
नेसपा (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने
२०८२ श्रावण ३, शनिबार
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
२०८२ श्रावण ३, शनिबार
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छः उपप्रधानमन्त्री प्रकाशमान सिंह (अन्तवार्ता)
२०८२ श्रावण ३, शनिबार
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री
२०८२ श्रावण ३, शनिबार
काभ्रेपलाञ्चोकमा बस दुर्घटना, २३ यात्रु घाइते (सूचीसहित)
२०८२ श्रावण ३, शनिबार
एमाले पोलिटब्युरो बैठक ललितपुरमा सुरु
२०८२ श्रावण ३, शनिबार