श्रावण ३, २०८२ शनिबार July 19, 2025

जुम्लालाई भ्रष्टाचारमुक्त बनाउने नवनिर्वाचित सांसदहरूको प्रतिबद्धता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट जुम्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद ज्ञान बहादुर (ज्ञानेन्द्र) शाहीले जुम्लालाई भ्रष्टाचारमुक्त जिल्ला बनाउने प्रतिबद्धता गर्नुभएको छ ।

भ्रष्टाचार विरोधी अभियन्ता समेत रहेका शाही राप्रपाको केन्द्रिय प्रवक्ता हुँदै गत निर्वाचनबाट बहुमतले प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । जुम्लामा आयोजित बधाई कार्यक्रममा शाहीले बरु आफु मृत्यु स्विकार्न तयार रहेको तर भ्रष्टाचार नसहने प्रतिबद्धता जनाउनुभयो ।

जुम्लामा गुणस्तरीय स्वास्थ्य, शिक्षा, सडक, सञ्चार, पर्यटन र कृषि क्षेत्रको विकासका लागि नीति निर्माणदेखि संघीय मन्त्रालयदेखि दातृ निकायसँग पहल गर्ने समेत उहाँको भनाई छ ।

प्रदेश सांसदको प्राथमिकता: पर्यटन र कृषि

जुम्ला प्रदेश (क) र प्रदेश (ख)बाट निर्वाचित सांसदहरुले जुम्लाको आर्थिक समृद्धि र विकासका लागि कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ जुम्लाद्वारा आयोजित नवनिर्वाचित सांसदलाई बधाई तथा प्रतिबद्धता कार्यक्रममा जुम्ला प्रदेश (क) बाट निर्वाचित देवेन्द्र बहादुर शाहीले भ्रष्टाचारमुक्त जिल्लाबाट साझा ऐक्यबद्धता रहेको भन्दै जुम्लाको कृषि उत्पादन वृद्धि, बजारीकरण तथा किसानको आय वृद्धिमा जोड दिने प्रतिबद्धता गर्नुभयो ।

प्रदेश सभा सांसद टेकराज पछाइले जुम्ला सिंजा बनाउने आफ्नो योजना रहेको बताउनुभयो ।

पत्रकार महासङ्घ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले नवनिर्वाचित सांसदहरूलाई बधाई ज्ञापन गर्दै राम्रा कामलाई प्रशंसा गर्ने र गलत कामको विरुद्ध खबरदारी गरिने बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त
२०८२ श्रावण ३, शनिबार
नेसपा (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने
२०८२ श्रावण ३, शनिबार
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
२०८२ श्रावण ३, शनिबार
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छः उपप्रधानमन्त्री प्रकाशमान सिंह (अन्तवार्ता)
२०८२ श्रावण ३, शनिबार
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री
२०८२ श्रावण ३, शनिबार
काभ्रेपलाञ्चोकमा बस दुर्घटना, २३ यात्रु घाइते (सूचीसहित)
२०८२ श्रावण ३, शनिबार
एमाले पोलिटब्युरो बैठक ललितपुरमा सुरु
२०८२ श्रावण ३, शनिबार