श्रावण ३, २०८२ शनिबार July 19, 2025

काँग्रेसकै नेतृत्वमा गठबन्धनको नयाँ सरकार बन्छ : नेता डा. कोइराला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंःनेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले वर्तमान गठबन्धन दलले नै काँग्रेसको नेतृत्वमा आगामी संयुक्त सरकार निर्माण गर्ने बताउनुभएको छ ।

विराटनगर–९ स्थित कोइराला निवासमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले नयाँ सरकारमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित थप अन्य दल सरकारमा सहभागी हुने दाबी गर्नुभयो ।

नेता डा कोइरालाले कांग्रेस संसदीय दलको नेताको सर्वसम्मति चयन अथवा निर्वाचन के गर्ने  भन्ने विषयमा पार्टी सभापति र पार्टीका साथीसँग सल्लाह गरेर निर्णय गरिने जानकारी दिनुभयो ।

उहाँले मुलुकको समृद्धिका लागि  सुशासन कायम गर्न  र  भ्रष्टाचार न्यूनीकरण गर्न अत्यन्त जरुरी रहेको छ भन्नुभयो ।

नेता डा कोइरालाले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन निष्पक्ष, धाँधलीरहित रुपमा सम्पन्न भएको र  लोकतन्त्रको संरक्षणका लागि मतदाताले कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाएकामा धन्यवाद समेत दिनुभयो  । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त
२०८२ श्रावण ३, शनिबार
नेसपा (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने
२०८२ श्रावण ३, शनिबार
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
२०८२ श्रावण ३, शनिबार
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छः उपप्रधानमन्त्री प्रकाशमान सिंह (अन्तवार्ता)
२०८२ श्रावण ३, शनिबार
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री
२०८२ श्रावण ३, शनिबार
काभ्रेपलाञ्चोकमा बस दुर्घटना, २३ यात्रु घाइते (सूचीसहित)
२०८२ श्रावण ३, शनिबार
एमाले पोलिटब्युरो बैठक ललितपुरमा सुरु
२०८२ श्रावण ३, शनिबार