श्रावण ३, २०८२ शनिबार July 19, 2025

सत्ता गठबन्धनकै नेतृत्वमा सरकार बन्ने मन्त्री चौधरीको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैं : शहरी विकासमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले सत्ता गठबन्धनकै नेतृत्वमा नयाँ सरकार बन्ने बताउनुभएको छ । उहाँले अब बन्ने सरकारको नेतृत्व कांग्रेसले गर्ने बताउनुभयो ।

‘सरकार निर्माण गर्ने विषयमा छलफल भइरहेको छ, पाँचदलीय गठबन्धनको नै सरकार बन्छ । सरकारको नेतृत्व र मन्त्रीहरू पनि सल्लाहमै टुङ्गो लगाउँछौँ’, उहाँले भन्नुभयो ।

आज यहाँ एक कार्यक्रममा उहाँले अब पाँच वर्षसम्म यही गठबन्धनको सरकार बन्ने जिकिर गर्नुभयो । अब गठबन्धनकै नेतृत्वमा सरकार बन्ने भएकाले अर्को गठबन्धन नबन्ने उहाँको दाबी छ ।

मन्त्री चौधरीले कांग्रेसले सरकारको नेतृत्व गर्ने पनि बताउनुभयो । अब बन्ने सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले नै गर्ने दाबी गर्दै मन्त्री चौधरीले भन्नुभयो, ‘अबको प्रधानमन्त्री भनेको शेरबहादुर देउवा नै हो । त्योबाहेक अरु खालको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार बनाउन सक्दैन ।’

आफ्नो दलले चुनावमा हासिल गरेको सिट सङ्ख्या अपेक्षित नभए पनि तुलनात्मक रूपमा सन्तोषजनक रहेको उहाँको भनाइ छ ।

उहाँले काठमाडौँ उपत्यकाभित्र देखिएको सुकुम्बासी समस्या पनि छिट्टै हल गरिने बताउँदै आगामी ३५ दिनभित्र काठमाडौँको सुकुम्बासी समस्या हल गरिने जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त
२०८२ श्रावण ३, शनिबार
नेसपा (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने
२०८२ श्रावण ३, शनिबार
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
२०८२ श्रावण ३, शनिबार
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छः उपप्रधानमन्त्री प्रकाशमान सिंह (अन्तवार्ता)
२०८२ श्रावण ३, शनिबार
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री
२०८२ श्रावण ३, शनिबार
काभ्रेपलाञ्चोकमा बस दुर्घटना, २३ यात्रु घाइते (सूचीसहित)
२०८२ श्रावण ३, शनिबार
एमाले पोलिटब्युरो बैठक ललितपुरमा सुरु
२०८२ श्रावण ३, शनिबार