श्रावण ३, २०८२ शनिबार July 19, 2025

सिके राउतको दौडधुप : एकैदिन प्रधानमन्त्री, गृहमन्त्री र प्रचण्डसँग भेटवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः जनमत पार्टिका अध्यक्ष एवं नवनिर्वाचित प्रतिनिधीसभा सांसद डा. सिके राउत नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न खुमलटार पुगेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवासहितका कांग्रेसका नेताहरुसँग बालुवाटारमा भेटेर सत्ता गठबन्धनमा सहभागी हुने सहमति जनाएका राउतले गृहमन्त्री बालकृष्ण खाँण भेटेलगत्तै प्रचण्ड भेट्न खुमलटार पुगेका हुन् ।

राउतले बिहीबार दाहाल र खाणसँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् । माओवादी केन्द्रका अध्यक्ष दाहालसँग भेटेर शुभकामना आदानप्रदान गरेको दाहालकी स्वकीय सचिव गंगा दाहालले जनाइन् ।

यस्तै राउतले गृहमन्त्री खाणलाई सरकारी निवास पुल्चोकमा पुगेर भेट गरेका हुन् । गृहमन्त्री खाणले सप्तरी–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा राउतलाई बधाई दिएका थिए ।

भेटवार्तामा दुई नेताबीच मुलुकमा शान्ति, सुशासन र स्थिरतामा कसरी ल्याउन सकिन्छ भन्नेबारे कुराकानी भएको गृहमन्त्री खाणको सचिवालयले जनाएको छ ।

त्यस्तै आगामी दिनमा सहमति र सहकार्य कसरी गर्न सकिन्छ भन्नेबारे पनि उहाँहरुबीच कुराकानी भएको बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त
२०८२ श्रावण ३, शनिबार
नेसपा (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने
२०८२ श्रावण ३, शनिबार
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
२०८२ श्रावण ३, शनिबार
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छः उपप्रधानमन्त्री प्रकाशमान सिंह (अन्तवार्ता)
२०८२ श्रावण ३, शनिबार
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री
२०८२ श्रावण ३, शनिबार
काभ्रेपलाञ्चोकमा बस दुर्घटना, २३ यात्रु घाइते (सूचीसहित)
२०८२ श्रावण ३, शनिबार
एमाले पोलिटब्युरो बैठक ललितपुरमा सुरु
२०८२ श्रावण ३, शनिबार