श्रावण ४, २०८२ आइतबार July 20, 2025

माओवादी नेता वर्षमान पुन आज चीन जाँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन आज चीन जाँदैछन् । पुन आज साँझ सात बजे दुवई हुँदै चीनको गोन्झाउ जानेछन् । सत्ता समीकरणको बहस चलिरहेका बेला पुनको चीन भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

चीन–नेपाल नियमित उडान नभएकाले उनी साँझ ७ बजे इमिरेट्सको उडानबाट दुवई हुँदै ग्वान्झाओ जानेछन् । ग्वान्झाओबाट सेनजेन जाने पुनको सचिवालयले जनाएको छ ।

चीन जानु अघि उपमहासचिव पुनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवासँगसमेत परामर्श गरिसकेका छन् ।

चीनमा पुनले आफ्नो स्वास्थ्यको परीक्षण पनि गर्नेछन् । स्वास्थ्य परीक्षण सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा हुनेछ । यसअघि पनि उनी सोही अस्पतालमा उपचार गरी फर्किएका थिए । अहिले उनमा पुरानै रोग जन्डिस पनि देखिएको छ । ०७८ मंसिरमा उनले थर्ड पिपुल्स अस्पतालमा एक महिना स्वास्थ्य उपचार गराएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार