श्रावण ४, २०८२ आइतबार July 20, 2025

सत्तागठबन्धनले बहुमत ल्याउन नसकेपछि साना दल र स्वतन्त्र सांसद फकाउँदै शीर्ष नेता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तागठबन्धनले नयाँ सरकार गठनका लागि सुविधाजनक बहुमत ल्याउन नसकेपछि साना दल र स्वतन्त्र सांसदको महत्व बढेको छ । यसपटकको निर्वाचनमा तीनवटा दल उदाएका छन् । जसमा राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी छन् ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षमा सात सांसद जित्दै समानुपातिकमा कम्तीमा १४ सिट ल्याउने देखिएको छ । रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले तीन सांसद र एक स्वतन्त्र गरी चार सिट जितेको छ । तर ३ प्रतिशत थ्रेसहोल्ड कटाउन भने मुस्किल परेको छ । सिके राउत नेतृत्वको जनमत पार्टीले प्रत्यक्षमा एक सांसद र समानुपातिकमा चार गरी पाँच सांसद हात पार्दैछ ।

सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चाले सरकार गठनका लागि एक सय ३८ सिट ल्याउन सकेका छैनन् । पाँचवटै पार्टीको प्रत्यक्ष र समानुपातिक गरी एक सय ३६ सिट जित्ने अनुमान गरिएको छ । सरकार बनाउन एक सय ३८ सिट चाहिने भएकाले सुविधाजनक बहुमतका लागि साना दल र स्वतन्त्र सांसदको महत्व बढेको हो ।

सोही कारण नेपाली कांग्रेस, माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताले जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदतिर नजर लगाएका छन् । उनीहरूलाई गठबन्धनमा तान्ने लक्ष्यसहित माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले डिल्लीबजार कारागारमै पुगेर नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीसँग भेट गरिसकेका छन् । प्रचण्डले सोमबार तथा नेपाल र भट्टराईले मंगलबार भेटेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र गृहमन्त्री बालकृष्ण खाणले जनमत पार्टीका अध्यक्ष सिके राउतसँग बिहीबार भेटवार्ता गरेका छन् । जनमतले सरकारमा सामेल हुन इच्छा देखाएको कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए ।

दुई सिट रहेको प्रभु साह समूह र कांग्रेसविरुद्ध बागी उम्मेदवार दिएर चुनाव जितेका अमरेशकुमार सिंहसँग पनि गठबन्धनका नेता सम्पर्कमा छन् । तर, जसपा र राष्ट्रिय स्वतन्त्र पार्टीसँग भने सत्तागठबन्धनले औपचारिक सहकार्यका लागि अहिलेसम्म प्रस्ताव गरेको छैन । मतगणना जारी रहेको र गन्न बाँकी तीनै सिट गठबन्धनका उम्मेदवारले जितेमा सरकार बनाउन दुई सांसद मात्र आवश्यक पर्ने र त्यो प्रभु साह वा जनमत पार्टीबाट पूर्ति हुने भएकाले जसपा र राष्ट्रिय स्वतन्त्र पार्टीसँग छलफल नभएको कांग्रेस र माओवादी नेताहरूको भनाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार