श्रावण ४, २०८२ आइतबार July 20, 2025

झलनाथमाथि लगाइएको आरोप पुष्टि गर्न एमालेलाई एकिकृत समाजबादीको चुनौती (विज्ञप्तिसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ: इलाम निर्वाचन क्षेत्र नम्बर-१ को निर्वाचनलाई लिएर नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबीच आरोप प्रत्यारोपको दोहोरी चलेको छ ।

नेकपा एकीकृत समाजवादी इलामले नेता खनालमाथि एमालेले लगाएको आरोप पुष्टि गर्न चेतावनी नै दिएको छ। सो पाटीले शुक्रबार विज्ञप्ति जारी गर्दै इलाम क्षेत्र नम्बर १ बाट वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रहेका खनालमाथि लगाइएको आरोप पुष्टि गर्न चुनौती दिएको हो ।

यसअघि एमाले निर्वाचन परिचालन कमिटी क्षेत्र नम्बर १ का संयोजक उदयबहादुर राईले नेता खनालले जथाभाबी बोल्नुका साथै बम पड्काएको आरोप लगाएका थिए। उक्त आरोपप्रति ध्यानाकर्षण भएको जनाउँदै नेकपा एकीकृत समाजवादीले एमालेले लगाएको आरोपलाई पुष्टि गर्न भनेको छ ।

‘बम विस्फोटन जस्तो गम्भीर प्रकृतिको मुद्दालाई आधार, कारण र प्रमाण विनानै गठबन्धनका उम्मेदवारलाई आरोप लगाउने कार्य अपराधजन्य कार्य भएकाले निर्वाचन परिचालन कमिटी क्षेत्र नम्बर १ का एमालेका उदयबहादुर राईलाई कानुनी कारबाही गर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गर्दछु,’ जिल्ला अध्यक्ष भक्त केसीले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

इलाम १ मा सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार खनाल एमाले उम्मेदवार महेश बस्नेतसँग पराजित भएका थिए। नेता खनालले धाँदलीपूर्ण तरिकाले निर्वाचन भएको भन्दै कानुनी उपचार खोज्ने बताएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया