श्रावण ४, २०८२ आइतबार July 20, 2025

नयाँ सरकार गठनमा सबै विकल्प खुला राख्ने माओवादी केन्द्रको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा माओवादी केन्द्रले नयाँ सरकार गठनका सम्बन्धमा सबै विकल्पहरूलाई खुला राख्ने भएको छ ।

आज बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा चुनावी समीक्षा गरिनुका साथै नयाँ सरकार गठनका सम्बन्धमा सबै विकल्पलाई खुला राख्ने निर्णय भएको बैठकपछि माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले बताउनुभयो ।

उपाध्यक्ष महराले आजको बैठकमा नयाँ सरकार गठनका सम्बन्धमा सबै विकल्प खुला राख्ने निर्णय भएपनि वर्तमान गठबन्धन छोड्ने भन्ने विषयमा भने कुनै निर्णय नभएको बताउनुभयो ।

नेकपा एमालेसँग पनि मिलेर सरकार बनाउने विकल्प खुल्ला राखिएको हो भन्ने सञ्चारकर्मीको जिज्ञासामा उपाध्यक्ष महराले सबै विकल्प खुल्ला रहेको तर पुरानो गठबन्धनलाई छोड्ने निर्णय भने नभएको स्पष्ट पार्नुभयो ।

आजको बैठकमा चुनावी नतिजाबारे प्रारम्भिक छलफल भएपनि त्यस सम्बन्धमा सम्पूर्ण नतिजा आइसकेपछि थप छलफल र समीक्षा हुने पनि उहाँले बताउनुभयो ।

पार्टी पदाधिकारी बैठकमा सङ्घतर्फ आशा गरे अनुसारको पार्टीले परिणाम ल्याउन नसके पनि प्रदेशतर्फ भने सन्तोषजनक रहेको छलफलका क्रममा नेताहरूले धारणा राख्नुभएको नेकपा माओवादी केन्द्रले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया