श्रावण ४, २०८२ आइतबार July 20, 2025

माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमा‌ण्डौः नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आइतबार पनि बस्दै छ ।

पेरिसडाँडास्थित पार्टी मुख्यालयमा आइतबार दिउँसो २ बजे बस्ने बैठकमा निर्वाचनको समीक्षासहित नयाँ सरकार गठनका विषयमा छलफल हुने सो पार्टीले जनाएको छ ।

शनिबारबाट सुरु भएको पदाधिकारी बैठकले पहिलो दिन सरकारमा जान सबै विकल्प खुला राख्ने निर्णय गरेको थियो । उक्त निर्णयप्रति सत्तारुढ गठबन्धन आवद्ध कांग्रेसले असन्तुष्टि जनाएको छ ।

सोही क्रममा आइतबार बस्न लागेको बैठकमा नयाँ सरकार गठन र गठबन्धनका विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।

गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमार्फत तेस्रो राजनीतिक शक्ति बनेको माओवादी केन्द्रले पनि सरकारको नेतृत्वको आकांक्षा राखेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया