श्रावण ४, २०८२ आइतबार July 20, 2025

दाेलखामा एमालेका शिवाकाेटीलाई फराकिलो अग्रता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः प्रतिनिधि सभातर्फ दोलखामा भइरहेको मतगणनामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले अग्रता बढाएका छन् ।

पछिल्लाे विवरणअनुसार एमालेका शिवाकोटीले १८ हजार छ सय ६३ मत ल्याएका छन् भने नेकपा माओवादी केन्द्रका गंगा कार्कीले १६ हजार सात सय ३७ मत ल्याएका छन् । शिवाकोटी र कार्कीबीच एक हजार नाै सय २६ मतको अन्तर रहेको छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले २५ सय ७९ मत पाएको मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

प्रदेश सभा (क) मा भने नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले अग्रता कायमै राखेका छन् । काफ्लेले १८ हजार दुई सय २१ मत ल्याउँदा एमालेका नरबहादुर श्रेष्ठले १२ हजार पाँच सय ४१ मत ल्याएका छन् । प्रदेश सभा (ख) मा भने नेकपा एमालेका भरतबहादुर केसी विजयी भईसकेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया