वैशाख ११, २०८१ मंगलबार April 23, 2024

दोलखा प्रदेशसभा (क) मा काँग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्ले निर्वाचित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दोलखाको प्रदेश सभा १ (क) मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्ले निर्वाचित भएका छन् ।

नेकपा एमालेका नरबहादुर श्रेष्ठलाई सात हजार ८७५ मतान्तरले पछि पार्दै काफ्ले निर्वाचित भएका हुन् । काफ्लेले २३ हजार ३५६ मत पाएका छन् भने श्रेष्ठले १५ हजार ३५६ मत प्राप्त गरेका छन् ।

२०५१ को मध्यावधि निर्वाचनपछि कांग्रेसले उक्त क्षेत्रमा जित हासिल गर्न सकेको थिएन । कांग्रेसका भीमबहादुर तामाङले मध्यावधि जितेपछि पहिलोपटक कांग्रेस उम्मेदवार उक्त क्षेत्रमा विजयी भएको हो ।

२८ वर्षपछि कांग्रेसले वामपन्थी किल्ला तोडेको हो। मध्यावधि पछि पनि उक्त क्षेत्रमा वामपन्थी दल नै विजयी हुँदै आएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया