वैशाख १२, २०८१ बुधबार April 24, 2024

ईन्द्रचोकमा दिउँसो चिनियाँ नागरिकबीच झडप, एकजनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः काठमाण्डौंको ईन्द्रचोकमा चिनियाँ नागरिकहरूबीच भएको झगडामा एक जनाको मृत्यु भएको छ ।

झडपमा अर्का एक जना चिनियाँ घाइते भएका छन् । आइतबार दिउँसो ईन्द्रचोकमा चिनियाँ नागरिकहरूबीच झगडा भएको प्रहरीले जनाएको छ ।

झडपमा ३७ वर्षीय फेङ जेङयुङले दुई जनालाई चक्कु हानेर घाइते बनाएका छन् । घाइते हुनेमा ३२ वर्षीय ली चुजान र २९ वर्षीय गान साउजिओङ रहेका छन् । लीको पेटमा गहिरो चोट लागेको छ । गानको पेट, छाती टाउकोको दायाँ भागमा चोट लागेको छ ।

गानको उपचारका क्रममा आइतबार साँझ राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ । लीको उपचार भइरहेको छ । चक्कु हान्ने फेङलाई काठमाडौं प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूबीच ईन्द्रचोकको बाटोमा विवाद भएको थियो ।

विवाद बढ्दै गएपछि युनले चक्कु प्रहार गरेका हुन् । उनीहरू नेपालमा घुम्न आएका थिए ।

बीच सडकमा आर्थिक लेनदेनको विषयमा विवाद भएपछि अपराधको घटना भएको छ । उनीहरू दुई वर्ष जाम्बियामा सँगै बसेको प्रहरीले जनाएको छ ।

प्रहरीले आरोपित युनलाई पक्राउ गरेको छ । प्रहरी वृत्त जनसेवाले घटनाको अनुसन्धान अघि बढाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया