काठमाण्डौंः जनमत पार्टीले समानुपातिकमा पठाउने सांसदको नाम छनोट गरेको छ । बिहीबार बसेको जनमत पार्टीको केन्द्रीय समिति बैठकले समानुपातिक सांसदको नाम टुंगो लगाएको हो ।
जनमत पार्टीका अध्यक्ष सिके रावतले जसपा अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै निर्वाचित भएका थिए । उनको जितसंगै जनमत पार्टी पहिलो आम चुनावबाटै राष्ट्रिय पार्टी बन्न सफल भइसकेको छ ।
जनमत पार्टीले अनिता साह, सोनु मुर्मुर, अब्दुल खान, बिनिताकुमारी सिंह र गोमा सापकोटालाई सांसद बनाउने भएको हो । उक्त पार्टीले पांचै जनाको नामलाई निर्वाचन आयोगमा पठाउने तयारी गरेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया