श्रावण ४, २०८२ आइतबार July 20, 2025

कांग्रेस कार्यसम्पादन समितिकाे बैठक निष्कर्षविहीन, पदाधिकारी बैठक बालुवाटारमा बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समानुपातिक सांसद टुंगो लगाउन नसकेपछि सभापति शेरबहादुर देउवालाई जिम्मेवारी दिएको छ।

सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले सूची तयार गर्ने जिम्मेवारी सभापतिलाई दिएको प्रवक्ता प्रकाशरण महतले बताए। देउवाले सूची टुंगो लगाउन बालुवाटारमा पदाधिकारी बैठक बोलाएका छन्।

केन्द्रीय कार्यसम्पादन समितिमा प्राप्त सुझावका आधारमा सभापतिले सूचीलाई अन्तिम रूप दिने प्रवक्ता महतको भनाइ छ।

कांग्रेसले समानुपातिकतर्फ ३२ सिट पाएको छ। संघीय संसदमा अनिवार्य रूपमा ३३ प्रतिशत महिला पठाउनुपर्ने प्रावधान छ। यो प्रावधानअनुसार २९ जना महिला र ३ जना पुरुष पठाउनुपर्नेछ।

पुरुषको कोटामा विमलेन्द्र निधि, प्रकाशशरण महत, गोपलमान श्रेष्ठ र जीवन परियारले दाबेदारी पेस गरिरहेका छन्। निर्वाचन आयोगले दलहरूलाई अपरान्ह चारबजेभित्र सूची पेस गर्न भनेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया