श्रावण ४, २०८२ आइतबार July 20, 2025

राष्ट्रिय राजनीतिमा माओवादीको भूमिका निर्णायक : अध्यक्ष प्रचण्ड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संघीय संसदमा अपेक्षित सिट ल्याउन नसके पनि राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीको भूमिका निर्णायक रहेको दावी गर्नु भएको छ ।

राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीको भूमिका कसैले खोस्न सक्ने अवस्थामा नरहेको जिकीर गर्दै अध्यक्ष दाहालले निराश नहुन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनु भयो । पार्टी निकट नेपाल राष्ट्रिय कर्मचारी महासंघले शनिबार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीले स्थापित गरेको सिष्टम केन्द्रिय रुपमा अघि बढेको उल्लेख गर्दै पार्टीलाई पुनर्गठित गर्दै अघि बढाउने दृढता समेत व्यक्त गर्नु भयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘संघले हामीले सोचेको जस्तो अपेक्षा गरेको जस्तो पक्कै पनि भएन । त्यो साँचो कुरा हो । त्यसका कारणहरुको खोजी र त्यसको समीक्षा पनि हामी गर्दैछौं । तर हामी खुम्चेउँ भन्नुको मतलब यो होइन कि राष्ट्रिय राजनीतिमा हाम्रो भूमिका खुम्चियो भन्ने होइन । राष्ट्रिय राजनीतिमा अहिले पनि हाम्रो भूमिका केन्द्रीय नै छ । त्यसलाई कसैले पनि खोस्न सक्ने स्थिति देखिएको छैन ।’

यस्तै अध्यक्ष दाहालले सूचना र प्रविधिको सदूपयोग गरेर अघि बढन नसक्दा चुनावमा आफ्नो पार्टीले अपेक्षा गरे अनुसार नतिजा ल्याउन नसकेको पनि स्पष्ट पार्नु भयो । आगामी दिनमा पार्टीलाई विचारको दृष्टिले तथा सूचना र प्रविधिको सदूपयोग गर्ने दृष्टिले पनि अगाडि बढाउनुपर्ने उहाँको भनाई थियो ।

अध्यक्ष दाहालले सूचना र प्रविधिको सदुपयोग गर्ने टिम परिचालन नगरी चुनाव जित्न नसकिने तथ्य पनि हालै सम्पन्न चुनावले बोध गराएको बताउनु भयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार
पूर्वमाओवादी घटकसँग संवाद सुरु-एकता वार्ताको जिम्मा उपाध्यक्ष महरालाई
२०८२ श्रावण ४, आइतबार
यस्तो निर्माण भयो ‘शङ्खामचुली दिमालुङ पदमार्ग’
२०८२ श्रावण ४, आइतबार
पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता
२०८२ श्रावण ४, आइतबार