श्रावण ४, २०८२ आइतबार July 20, 2025

जनताले चाहेको परिवर्तन पूरा गर्न लागिपर्छु : सिंह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कांग्रेस नेता प्रकाशमान सिंहले देशलाई राजनीतिक स्थायित्व कायम गर्नु नवनिर्वाचित सांसदहरूको पहिलो चुनौती भएको बताएका छन् । काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले पहिला राजनीतिक स्थायित्व कायम गरी विकासको बाटोमा अघि बढ्नु पर्ने अवस्था रहेकाे बताए ।

उनले विकासको बाटोमा अगाडि बढाउन नागरिकको सुझाब सदैव आवश्यक रहेको पनि बताए । सिंहले अहिले नेपालको राजनीतिमा आएको परिर्वतनलाई नजिकबाट बुझेको र जनताले चाहेको परिर्वतनलाई सफल बनाउन लागि पर्ने  दाबी गरे । यस्तो जटिल समयमा पनि जनताले आफूलाई विश्वाश गरेकोप्रति गम्भीर रहेको र अबका दिनमा नागरिकको खबरदारीसँगै अगाडि बड्ने प्रतिबद्धता जनाए ।

उनले विगतको संसदीय कार्यकालमा, आफ्नो निर्वाचन क्षेत्र काठमाडौं–१ को विकासमा उल्लेख्य योगदान गरेको दाबी समेत पेश गरे । उनले काठमाडौं १ देशकै मुटु भएकाले नागरिकका आवश्यकता र चाहना सधैँ परिवर्तनशील हुने हुँदा जनप्रतिनिधिलाई सचेत र सजग गराई राख्नु पर्ने बताए ।

आफू जनताको सेवाको लागि नागरिका सुझाबलाई सहज रुपमा लिँदै सकारात्मक रुपमा प्रस्तुत हुने बताए । चार पटक संसदीय नेताको रुपमा विश्वाश गरेकोमा उनले मतदाताहरूलाई धन्यवाद दिँदै चुनावी एजेण्डा पूरा गर्नेतर्फ  पुनः प्रतिबद्धता जनाए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार
पूर्वमाओवादी घटकसँग संवाद सुरु-एकता वार्ताको जिम्मा उपाध्यक्ष महरालाई
२०८२ श्रावण ४, आइतबार
यस्तो निर्माण भयो ‘शङ्खामचुली दिमालुङ पदमार्ग’
२०८२ श्रावण ४, आइतबार
पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता
२०८२ श्रावण ४, आइतबार
भाजपा सांसद कंगना र आर माधवन १० बर्ष पुनः पर्दामा सँगै
२०८२ श्रावण ४, आइतबार