श्रावण ४, २०८२ आइतबार July 20, 2025

एमाले अध्यक्ष ओली र काँग्रेस नेता केसीबीच वान टु वान भेटवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीबिच भेटवार्ता भएको छ। ओलीको निमन्त्रणामा आइतबार साँझ नेता केसी बालकोट पुगेका हुन् ।

उनीहरुबीच समसामयिक राजनितिक घटनाक्रम, जनजीविका सवालमा उठेका आवाजहरु, सामुहिक रुपमा समाधान गर्ने प्रतिवद्धता तथा नयाँ सरकार गठन, अर्थतन्त्र सुधारको सन्दर्भमा दलहरुबिच एकता र सहकार्यको खाँचोबारे छलफल भएको बताइएको छ ।

साथै भेटवार्तामा द्वन्द्वकालीन मुद्दा, चुच्ने नक्सा अनुसारको भूगोल फिर्ता गर्न भारतीय पक्षसँग वार्ता गर्न दलहरू एकमत हुनुपर्ने, भ्रष्टाचारविरुद्व एक भई लड्ने प्रतिबद्वता, पेट्रोलियम पदार्थको मूल्य घटाउने विषयमा पनि दुई नेताबीच छलफल भएको केसीको सचिवालयले जनाएको छ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको नतिजा सार्वजनिक भएसँगै सरकार गठन तथा सहकार्य सम्बन्धमा नेताहरूले भेटवार्तालाई तीव्रता दिएका छन्। चुनावमा कसैको स्पष्ट बहुमत नआएकाले गठबन्धनको सरकार बन्ने निश्चित छ। यसबीच कांग्रेस र एमाले मिलेर सरकार बनाउने चर्चा पनि चलिरहेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार
पूर्वमाओवादी घटकसँग संवाद सुरु-एकता वार्ताको जिम्मा उपाध्यक्ष महरालाई
२०८२ श्रावण ४, आइतबार
यस्तो निर्माण भयो ‘शङ्खामचुली दिमालुङ पदमार्ग’
२०८२ श्रावण ४, आइतबार
पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता
२०८२ श्रावण ४, आइतबार