श्रावण ४, २०८२ आइतबार July 20, 2025

राजनीतिले धेरै विश्वास गुमाइसक्योः प्रदीप पौडेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले राजनीतिले धेरै विश्वास गुमाइसकेको बताएका छन् ।

सोमबार बूढानीलकण्ठ नगरपालिका–४ को विष्णुमती किनारमा करिडोर सडकको शिलान्यास गर्दै उनले घोषणापत्र लेख्ने, प्रतिवद्धताहरू व्यक्त गर्ने तर काम केही नहुने स्थिति निरन्तर रहे राजनीतिसँग कोही पनि नजोडिने बताए । उनले विकास निर्माणका काम हुन नसके राजनीतिको ठूलो तहमा पुगेका नेताहरूलाई पनि समाजले सम्मान गर्ने स्थिति नरहने दाबी गरे ।

उनले भइरहेका, रोकिएका र गर्नुपर्ने कामको सूची बनाएर व्यवस्थित र प्राथमिकताका आधारमा कामहरू अघि बढाउन आफू प्रतिबद्ध रहेको पनि बताए । उनले यसअघि विष्णुमतीमा मापदण्डअनुसार करिडोर बनाउन किन रोकिएको ? भन्दै प्रश्नसमेत गरे ।  उनले करिडोर बनेको खण्डमा रिङरोडको ट्राफिक जाम पनि कम हुने विश्वास व्यक्त गरे ।

उनले कतिपय सडकमा विद्युत् प्राधिकरणले तार भूमिगत गर्ने भन्दै सडक अलपत्र छोडेको र मेलम्ची खानेपानीका लागि पाइप विछ्याउन सडक खनेर अलपत्र पारेकाले जनताले सास्ती भोग्नुपरेको बताए । उनले बिग्रिएका बाटोहरूको मर्मतका लागि आवश्यक पहल गरिरहेको बताए ।

नेता पौडेलले आफ्नो निर्वाचन क्षेत्रमा बाटो र खानेपानीको समस्या धेरै रहेको बताए । उनले  आफूले निर्वाचनको बेलामा जनतासँग गरेका प्रतिवद्धतालाई पूरा गर्न निर्वाचन क्षेत्रमा रहेका समस्या समाधानको पहलकदमी थालेको पनि बताए ।

उनले सरकार सञ्चालन गर्ने हरेक दलले एक घर, एक धाराको नीति लिएपनि काठमाडौंमा नै एक घर, एक धाराको नीति लागू गर्न नसकेको बताए । नेता पौडेलले कर तिरेका नागरिकहरूले सुविधा पाउँ भनेर भन्नु असम्भव र नराम्रो नभएकाले नागरिकलाई अहिलेसम्म पनि सहजता प्रदान गर्न नसक्नु दुखद भएको बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार
पूर्वमाओवादी घटकसँग संवाद सुरु-एकता वार्ताको जिम्मा उपाध्यक्ष महरालाई
२०८२ श्रावण ४, आइतबार
यस्तो निर्माण भयो ‘शङ्खामचुली दिमालुङ पदमार्ग’
२०८२ श्रावण ४, आइतबार
पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता
२०८२ श्रावण ४, आइतबार
भाजपा सांसद कंगना र आर माधवन १० बर्ष पुनः पर्दामा सँगै
२०८२ श्रावण ४, आइतबार
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा गत आवमा नौ अर्ब ४१ करोड राजस्व संकलन
२०८२ श्रावण ४, आइतबार