काठमाण्डौंः नयाँ सरकार गठनको लागि सत्ता गठबन्धनलाई लोकतान्त्रिक समाजवादी पार्टीले सहयोग गर्ने भएको छ ।
लोसपा शीर्ष नेताको बैठकले सत्ता गठबन्धनलाई नयाँ सरकार गठन गर्न सहयोग गर्ने निर्णय गरेको हो। सत्ता गठबन्धनसँग चुनावी तालेमल गरेको कारण नयाँ बन्ने सरकारलाई समर्थन गर्ने जनाइएको छ ।
नयाँ सरकारमा सहभागि हुनेबारे पार्टीभित्र एकमत रहेको लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारीले बताए । महन्थ ठाकुर नेतृत्वको लोसपाले प्रतिनिधिसभा अन्तर्गत ४ सिट जितेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया