श्रावण ४, २०८२ आइतबार July 20, 2025

समानुपातिक सांसद छनोटबारे गण्डकीमा एमाले र राप्रपामा विवाद

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा एमालेले समानुपातिकतर्फ १० सीट पाएको गण्डकीमा २ जिल्लाका मात्रै अधिकांश सांसद छनोट भएका छन् । कास्कीका ४ र बागलुङका ४ जना सांसद छन् । बाँकी २ जनामध्ये एकजना स्याङजा र अर्को एकजना लमजुङबाट समेटिएका छन् ।

११ जिल्ला रहेको यहाँ एमालेले ४ जिल्लाबाट मात्रै सांसद छान्यो । सांसद छनोटमा एमालेबृत्तमै असन्तुष्टि देखिएको छ । गोरखाबाट आदिवासी जनजाति क्लष्टरको दोश्रो नम्बरमा रहेका प्रेम गुरुङलाई हटाएर खस आर्यतर्फ २ नम्बरमा रहेका कास्कीका प्रकाश केसीलाई समावेश गरेको भन्दै एमालेकै नेता कार्यकर्ताले विरोध गरेका छन् ।

गोरखाका ११ वटै स्थानीय तहका अध्यक्ष र जनवर्गीय संगठनका अध्यक्ष बालकोटमा डेलिगेसन गएका छन् । प्रत्यक्ष तर्फ पनि खसआर्य बढी निर्वाचित भएको भन्दै उनीहरुले समानुपातिकबाट आदिवासीलाई प्राथमिकता दिनुपर्ने बताए ।

१२ सीटमा प्रत्यक्ष चुनाव जितेको एमालेका ८ जना खसआर्य समूहका छन् भने आदिवासी जनजातिबाट ३ जना मात्रै छन् । त्यसैले समानुपातिकमा आदिवासीलाई प्राथमिकता दिनुपर्ने नेताहरुको माग छ ।

यस्तै, राप्रपामा पनि प्रदेश अध्यक्ष सांसद भएपछि विरोध सुरु भएको छ । प्रदेशका अध्यक्ष पन्चराम गुरुङले पैसा बुझाएर सांसद बनेका आरोप राप्रपामा छ । ‘पैसा बुझाएर सांसद बन्न पाईंदैन,’ एक नेताले भने, ‘पार्टीमा दुख गरेका धेरै साथीहरु हुनुहुन्छ । अरुलाई अवसर दिनुपर्छ ।’ राप्रपाका नेता कार्यकर्ताले नै पार्टीको प्रदेश कार्यालयमा तोडफोड र तालाबन्दी गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार
पूर्वमाओवादी घटकसँग संवाद सुरु-एकता वार्ताको जिम्मा उपाध्यक्ष महरालाई
२०८२ श्रावण ४, आइतबार
यस्तो निर्माण भयो ‘शङ्खामचुली दिमालुङ पदमार्ग’
२०८२ श्रावण ४, आइतबार
पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता
२०८२ श्रावण ४, आइतबार
भाजपा सांसद कंगना र आर माधवन १० बर्ष पुनः पर्दामा सँगै
२०८२ श्रावण ४, आइतबार