श्रावण ४, २०८२ आइतबार July 20, 2025

नयाँ सरकार गठनका लागि एमाले माओवादीको कसरत, कांग्रेस सशंकित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नयाँ सरकार गठनको आह्वान हुनुपूर्व कम्युनिष्ट नेताहरूको दौडधुप तीव्र बनेको छ । आमनिर्वाचन २०७९ मा पहिलो दल बनेको नेपाली कांग्रेसले सरकार गठनका लागि बहुमत जुटाउन तीव्रता दिइरहेका बेला कम्युनिष्ट नेताहरूबीच समेत भेटवार्ताको क्रम बढेको छ ।

तत्कालीन सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीचको हिमचिम पछिल्लो समय बढ्न थालेको आंकलन छ । प्रतिनिधिसभामा प्रत्यक्षतर्फको नतिजा सार्वजनिक भइरहँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल प्रचण्डलाई टेलिफोनमार्फत बधाई दिँदै सहकार्यको छनक देखाएका थिए ।

तत्पश्चात् एमाले र माओवादीका दोस्रो तथा तेस्रो तहका नेताहरू वाम गठबन्धनको सरकार गठन हुनुपर्ने आवाज उठाउँदै आएका छन् । उसो त पटक पटक कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले समेत अध्यक्ष ओलीलाई आफ्ना भित्रियाहरुमार्फत् सन्देशहरू आदान प्रदान गरिरहेकै छन् । उता एमालेले पनि माओवादीसहितको गठबन्धन तोडे कांग्रेसलाई सरकार गठनमा निःशर्त सहयोग गर्ने बताउँदै आएको छ ।

आफू प्रधानमन्त्री बन्न दौडधुप गरिरहेका प्रचण्डलाई फकाएर एमालेले आफ्नो कित्तामा ल्याउन छलफल र गोप्य प्रयासहरू जारी राखेको देखिन्छ । कांग्रेससँग मिलेर सरकारमा जाँदा आफू निर्णायक नबन्ने बुझेर अध्यक्ष प्रचण्डसमेत वाम सरकार निमार्णका लागि सकारात्मक रहेको बताइन्छ । यद्यपि नेकपा एकीकृत समाजवादीविना नै वाम एकताको प्रस्तावमा ओलीको अडानले कम्युनिष्ट सरकार गठनमा केही समस्या देखा परेको नेताहरू बताउँछन् ।

मंगलबार साँझ नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको छ । उक्त भेटवार्ताले एमाले र माओवादीबीच सरकार गठनका लागि सहकार्यको छलफल सुरु भएको भन्ने विश्लेषण थालिएको छ । तर, उक्त भेटवार्तामा सत्ता सहकार्यबारे कुनै कुरा नभएको महासचिव गुरुङले न्युज कारखानालाई बताए ।

उनले भने, ‘सरकार गठनका लागि अझै लामो प्रक्रिया बाँकी नै छ । हिजोको भेटमा सामान्य बधाई आदान प्रदान मात्रै भएको हो । सत्ता सहकार्यबारे कुनै छलफल भएको छैन ।’  शीर्ष तहका नेताहरुबीचको भेटलाई सामान्य बधाई ज्ञापनमा मात्र सीमित भन्न मिल्छ ? भन्ने न्युज कारखानाको प्रश्नमा कम्युनिष्टहरु भेटवार्ता गर्नु आपसमा मिल्ने कुरा गर्नु अनौठो विषय नभएको महासचिव गुरुङको प्रतिक्रिया छ। ओली र गुरुङ भेटलाई लिएर कांग्रेस सशंकित देखिएको बताइन्छ ।

‘हामीले भेट्दा कांग्रेस किन सशंकित बन्यो त्यो उहाँहरूलाई नै थाहा होला । उहाँहरूले पनि ओलीजीसँग भेटवार्ता गरिरहनु भएकै छ नि, यसलाई अरुले कसरी बुझ्ने ? यस्ता कुरा सामान्य हुन्,’ उनले भने ।

महासचिव गुरुङले सरकार गठनबारे नेपाली कांग्रेससँग कुनै ठोस सहमति नभइसकेको बताएका छन् । निर्वाचन अघिको गठबन्धनलाई अघि बढाउनेबारे दलहरू एकमत रहेको निष्कर्ष निकाल्दै यसअघि बैठक समेत बसिसकेका छन् । यद्यपि सरकार गठनबारे गठबन्धनबीच ठोस सहमति नहुँदा अन्यौलता देखिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार