श्रावण ४, २०८२ आइतबार July 20, 2025

कर्णालीमा समानुपातिक प्रदेशसभा सदस्य सबै नेताका श्रीमती मात्रै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सभाका लागि छानेका चार जना महिला सबै नेताका आफन्त छन् । माओवादीले प्रदेश प्रदेशसभा सदस्य बनाएकी उर्मिला विक नेकपा ( माओवादी केन्द्र) केन्द्रीय सदस्य रामलाल विककी श्रीमती हुन् ।

यस्तै, पार्टीको कालिकोट संयोजक रहेका लक्ष्मी चौलागाईंकी श्रीमती यशोदा न्यौपाने जुम्लाबाट प्रदेशसभा सदस्य बनेकी छन् । मिलन खड्का रोका रुकुम पश्चिमका माओवादी संयोजक गोविन्द रोका (सचिन)की श्रीमती हुन् भने जुम्कित लामा कार्की हुम्लाको सर्केगाड गाउँपालिकाका माओवादी अध्यक्ष चन्द्रबहादुर कार्कीकी श्रीमती हुन् । चन्द्रबहादुर गाउँपालिका उपाध्यक्षसमेत हुन् ।

जनयुद्धका घाइते, अपांङ्ग, शहीद परिवार तथा लामो समयसम्म योगदान गरेका भन्दा पद र पहुँचका आधारमा श्रीमतीलाई समानुपातिक प्रदेशसभा सदस्य बनाइएपछि कर्णालीका माओवादी नेता तथा कार्यकर्ता रुष्ट बनेका छन् ।

माओवादी केन्द्रबाट प्रतिनिधिसभामा समानुपातिक सांसद बनेका दुईजना पनि कर्णालीका नेताकै आफन्त छन् । उपमहासचिव शक्तिबहादुर बस्नेतकी बहिनी ज्ञानु बस्नेत सुवेदी (चितवन) र उपमहासचिव जनार्दन शर्माकी बहिनी नारायणी शर्मा (दाङ्ग) सामानुपातिक सांसद भएका छन् । समानुपातिक सूचीमा रहेकी जाजरकोटकी पार्वती विकलाई समानुपातिकबाट हटाएर ज्ञानुलाई समावेश गरिएको चर्चा छ ।

प्रतिनिधिसभामामा समानुपातिकमा रिफारिस भएकी सुर्खेतकी हरिमाया शर्माले पनि सांसद बन्न नपाएपछि असन्तुष्टि जनाएकी छन् । प्रदेशसभा तर्फ जाजरकोट  खाली भएको छ । जहाँबाट पनि आफू सुरक्षित भए पुग्ने अवस्था आएपछि शक्ति बस्नेतले जाजरकोटको पार्टी भन्दा कांग्रेसलाई प्यारो मानेको चर्चा चुलिदै गएको छ ।

जिल्लाका नेता कार्यक्रतालाइ कहिले पनि संरक्षण नगर्ने तर ठुला नेताका सिफारिस कार्यान्वन गर्ने शक्ति बस्नेतको तरिकाले जाजरकोटमा माओवादी कम्जोर हुँदै गएको छ । शक्ति प्रति जाजरकोट माओवादी निकट अधिकांश नेता कार्यक्रता रुष्ट बनेका छन् ।

त्यस्तै बिहीबार नेकपा ( माओवादी केन्द्र) कर्णाली प्रदेशले केन्द्रमा पठाएको पत्र समेत केही सिमित व्यक्ति बसेर तयार गरी पठाएको आरोप लागेको छ । प्रदेश अध्यक्ष विमला केसीले एक्लै पत्र तयार गरी कर्णाली प्रदेशको बैठकको निर्णय भनि झुटको खेती गरेको अन्य केन्द्रीय सदस्य तथा प्रदेश समितिका सदस्यले आरोप लगाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार