श्रावण ४, २०८२ आइतबार July 20, 2025

समावेशिता र सङ्घीयता उल्ट्याउन खोजिएको खेलकुदमन्त्री गहतराजको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले समावेशी र समानुपातिक प्रतिनिधित्व उल्ट्याउने कोसिस भइरहेको दाबी गरेका छन् ।

जागरण मिडिया सेन्टरको २३ औँ र रेडियो जागरणको १५ औँ वार्षिकोत्सवलाई आज बुटवलमा सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य समेत रहेका उनले समावेशिता, सङ्घीयता र धर्मनिपेक्षतालाई उल्ट्याउने र प्राप्त उपलब्धिलाई मास्ने प्रयत्न विभिन्न तहबाट भएको जिकिर गरे ।

यसका लागि राजनीतिक, बौद्धिक, सञ्चार र कानुनी क्षेत्रबाट प्रहार भएको उनको टिप्पणी छ । उनले नेपालका राजनीतिक दलले दलित समुदाय मुद्दा साझा बनाउन नसकेको बताए । “जातीय छुवाछुतको विषय सबैको साझा समस्या बन्नुुपर्छ”, उनले भने, “यसका लागि दलित र गैर दलित दुुवैले साझा अभियान चलाउनुपर्छ ।”

सञ्चारमाध्यमले सामाजिक रुपमा पछाडि पारिएका समुदायको आवाजलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए । उनले जागरण मिडियाले नेपाली सञ्चार क्षेत्रमा समावेशिताको मुद्दालाई अझ सशक्त रुपमा उठाउनुपर्ने आवश्यकता रहेको बताए ।

बुटवल उपमहानगरका नगर प्रमुख खेलराज पाण्डेले नेपाली सञ्चारमाध्यम र त्यसमा पनि समुदाय तहले सञ्चालन गरेका सञ्चारमाध्यमले सङ्कट भोगिरहेको बताए । उनले जागरणले समुदायमा सञ्चारमाध्यममार्फत सचेतना गर्ने काममा महत्वपूर्ण योगदान पुर्याएको बताए ।

उनले बुटवल उपमहानगरपालिका यसका लागि सहयोग गर्न तयार रहेको बताए । संविधानसभा सदस्य विनोद पहाडीले नेपाली मिडियामा अझै पनि दलित तथा सिमान्तकृतको मुद्दा प्राथमिकतामा नपरेको बताए ।

उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सचिव कमलादेवी विश्वकर्माले पछाडि पारिएका समुदायको आवाज मिडियामा आउन नसकेको बताइन् । मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले मङ्सिर ४ मा सम्पन्न भएको निर्वाचनले सामाजिक न्यायको आन्दोलनको आवश्यकता नसकिएको पुष्टि गरेको बताए ।

जागरण मिडिया सेन्टरका अध्यक्ष कमला विश्वकर्माले २३ वर्षको यात्रामा थुप्रै आरोह अवरोह पार गर्दै सामाजिक रुपान्तरणको अभियानमा सहभागी भएको बताइन् ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार
भदौभित्र स्वास्थ्य बिमाको सम्पूर्ण रकम भुक्तानी गरिनेछः स्वास्थ्यमन्त्री पौडेल
२०८२ श्रावण ४, आइतबार
सिरहा कारागारमा झडप हुँदा १३ कैदीबन्दी घाइते
२०८२ श्रावण ४, आइतबार
एमालेको केन्द्रीय कमिटीको बैठक सोमबार बिहान ११ बजे बस्ने
२०८२ श्रावण ४, आइतबार
सोमबार बिहानैदेखि पशुपतिनाथका चारै ढोका खोलिने
२०८२ श्रावण ४, आइतबार
कलाकारसँग सभामुख घिमिरेको अन्तरक्रिया
२०८२ श्रावण ४, आइतबार
काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षा नतिजा सार्वजनिक, १० हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण
२०८२ श्रावण ४, आइतबार