श्रावण ४, २०८२ आइतबार July 20, 2025

गण्डकी कांग्रेसको निर्णय : आफ्नै नेतृत्वमा प्रदेश सरकार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गण्डकी प्रदेश नेपाली कांग्रेसको कार्यसमितिले आफ्नै नेतृत्वमा प्रदेश सरकार गठनको पहल थाल्ने निर्णय गरेको छ । आइतबार बसेको कार्यसमितिको बैठकले सरकार बनाउन आवश्यक पहल थाल्ने निर्णय गरेको महामन्त्री विष्णुप्रसाद लामिछानेले बताए ।

‘गठबन्धनभित्र ठूलो पार्टीको रुपमा कांग्रेस छ । उसैको नेतृत्वमा सरकार बन्नुपर्छ भन्ने हाम्रो धारणा हो,’ उनले भने, ‘अब छिट्टै पदाधिकारी बैठक बस्छौं । बैठकले संसदीय दलको नेता चयनका लागि निर्वाचन समिति बनाउँछ ।’

संसदीय दलको नेता भने सर्वसम्मत बनाउने प्रयास गर्ने उनले बताए । ‘सर्वसम्मतको प्रयास गर्छौं । निर्वाचित भएर आएपछि सबै सांसद दलको नेता बन्न योग्य हुुनुहुन्छ,’ उनले भने, ‘उहाँहरुको इच्छालाई स्वभाविक लिँदै सर्वसम्मत नेतृत्व चयनमा लाग्छौं । हामी चुनाव गराएर दुई धार बनाउने तिर लाग्दैनौं ।’ बैठकले निर्वाचनको समीक्षा गरी प्रतिवेदन बुझाउन सबै जिल्लालाई निर्देशन दिने निर्णय पनि गरेको छ ।

प्रदेश सभापति शुक्रराज शर्माको सभापतित्वमा बसेको बैठकले गठबन्धन र कांग्रेसलाई मतदान गरेकोमा मतदातालाई धन्यवाद दिएको छ । गण्डकीमा १८ जना प्रत्यक्ष र ९ जना समानुपातिक सहित २७ जना सांसद कांग्रेसले जितेको छ । यस्तै माओवादीले ५ जना प्रत्यक्ष र ३ समानुपातिक गरी ८ सीट जितेको छ । कांग्रेस र माओवादीको गठजोडले यहाँ सजिलै सरकार बन्न सक्छ ।

सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पार्टी अनुशासन विपरित काम गर्नेलाई प्राप्त प्रतिवेदनका आधारमा कारबाही अघि बढाउने निर्णय गरेको सभापति शर्माले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार
भदौभित्र स्वास्थ्य बिमाको सम्पूर्ण रकम भुक्तानी गरिनेछः स्वास्थ्यमन्त्री पौडेल
२०८२ श्रावण ४, आइतबार