श्रावण ४, २०८२ आइतबार July 20, 2025

कांग्रेस संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज मंगलबार उम्मेदवारी दर्ता हुने भएको छ। निर्वाचन समितिले बुधबार हुने निर्वाचनका लागि सोमबार नै मतदाताको नामावली सार्वजनिक गरिसकेको छ।

मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। निर्वाचन समितिका संयोजक भीष्मराज आङ्देम्बेका अनुसार उम्मेदवारको प्रथम नामावली आज दिउँसो ३:३० बजे प्रकाशन हुनेछ।

दिउँसो ३:३० देखि ४ बजेसम्म उम्मेदवारको नामावलीमा दाबीविरोध हुनेछ। दिउँसो साढे ४ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन हुनेछ भने आज साँझ ५:४५ बजे अन्तिम नामावली प्रकाशन हुनेछ।

संसदीय दलको नेताका मतदान भने बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म हुनेछ। संसदीय दलको नेताका लागि प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच प्रतिस्पर्धा हुने ठानिएको छ।

तर, पछिल्लो पटक नेता शेखर कोइराला पनि चुनाव लड्नसक्ने ठानिएको छ। कांग्रेस संसदीय दलको नेताको चुनावमा प्रत्यक्षतर्फ ५७ र समानुपातिकबाट ३२ सांसद मतदाता छन्।

संसदीय दलको नेतामा शेखर कोइरालाले समेत चासो दिएपछि संस्थापन पक्ष पार्टी सभापति देउवालाई फाइदा पुग्ने देखिन्छ। चुनावअ गाडि नै भावी प्रधानमन्त्रीको रुपमा आफूलाई मतदातासँग चिनाएका गगन थापा आफ्नो नाममा सहमति खोज्ने प्रयासमा छन्।

उता कोइरालाले भने सस्थापन इतरबाट आफ्नो नाममा सहमतिको प्रयास गरिरहेका छन्। अन्तिम समयसम्म कोइराला र थापाबीच सहमति नभएमा सभापति देउवालाई फाइदा पुग्ने देखिन्छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार
भदौभित्र स्वास्थ्य बिमाको सम्पूर्ण रकम भुक्तानी गरिनेछः स्वास्थ्यमन्त्री पौडेल
२०८२ श्रावण ४, आइतबार
सिरहा कारागारमा झडप हुँदा १३ कैदीबन्दी घाइते
२०८२ श्रावण ४, आइतबार
एमालेको केन्द्रीय कमिटीको बैठक सोमबार बिहान ११ बजे बस्ने
२०८२ श्रावण ४, आइतबार
सोमबार बिहानैदेखि पशुपतिनाथका चारै ढोका खोलिने
२०८२ श्रावण ४, आइतबार
कलाकारसँग सभामुख घिमिरेको अन्तरक्रिया
२०८२ श्रावण ४, आइतबार
काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षा नतिजा सार्वजनिक, १० हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण
२०८२ श्रावण ४, आइतबार