श्रावण ४, २०८२ आइतबार July 20, 2025

पार्टीले हारेपछि माओवादी रुपन्देही इन्चार्जले दिए राजीनामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा माओवादी केन्द्र रुपन्देहीका इन्चार्ज हकिकुल्ला खाँले पदबाट राजीनामा दिएका छन् । प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा जिल्लामा पार्टीले कुनै सिट जित्न नसकेको भन्दै उनले राजीनामा दिएका छन् ।

मुस्लिम मुक्ति मोर्चाका केन्द्रीय इन्चार्ज समेत रहेका नेता खांँले सोमबार सांँझ एक विज्ञप्ती जारी गर्दै रुपन्देहीमा पार्टीले प्रतिनिधि सभा र प्रदेशसभाको प्रत्यक्षतर्फ कुनै सिट जित्न नसकेकाले इन्चार्ज पदमा रहिरहन नैतिकताले नदिने भन्दै राजीनामा दिएको उल्लेख गरेका छन् ।

समानुपातिकतर्फ पनि २०७४ को निर्वाचनमा पाएको मत भन्दा धेरै मत घटेको र प्रतिनिधिसभातर्फ मुस्लिम क्लस्टर ‘कोल्याप्स’ भएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । आफ्नो राजीनामाबाट पार्टीमा पर्न गएको असरप्रति उनले क्षमा याचना समेत गरेका छन् । रुपन्देहीमा प्रतिनिधि सभातर्फ सत्ता गठबन्धन नै क्लिन स्वीप भएको थियो भने माओवादी केन्द्र प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा क्लिन स्वीप भएको थियो ।

जिल्लाको मत परिणामलाई लिएर यसअघि काँग्रेसका पनि एकदर्जन नेताहरुले विज्ञप्ती निकालेर काँग्रेस जिल्ला नेतृत्वको राजीनामा मागेका थिए । उनीहरुले पराजयको नैतीक जिम्मेवारी पार्टी नेतृत्वले लिनुपर्ने समेत बताएका थिए । निर्वाचन परिणामलाई लिएर काँग्रेस रुपन्देहीभित्र देखिएको असन्तुष्टी अहिले पनि कायमै छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार
भदौभित्र स्वास्थ्य बिमाको सम्पूर्ण रकम भुक्तानी गरिनेछः स्वास्थ्यमन्त्री पौडेल
२०८२ श्रावण ४, आइतबार
सिरहा कारागारमा झडप हुँदा १३ कैदीबन्दी घाइते
२०८२ श्रावण ४, आइतबार