श्रावण ४, २०८२ आइतबार July 20, 2025

कांग्रेसमा दलको नेतामा सभापति देउवा र महामन्त्री गगन भिड्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः देशकै सबैभन्दा पुरानो र लोकतान्त्रिक दल नेपाली कांग्रेसले चुनावमार्फत संसदीय दलको नेता टुंगो लगाउने भएको छ । कांग्रेसको विधानमा दलको नेता नै प्रधानमन्त्री बन्ने व्यवस्था भएकाले दलको नेता छान्न चुनाव हुन लागेको हो । त्यसका लागि मंगलबार (आज) उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।

कांग्रेसमा दलको नेतामा प्रधानमन्त्री शेरबहादुर देउवा र पार्टी महामन्त्री गगन थापाबीच भिडन्त हुने निश्चित भएको छ । संस्थापन पक्षबाट देउवा र इतर पक्षबाट साझा उम्मेदवार थापा तय भएका छन् । मंगलबार बिहान लाजिम्पाट र सिंहदरबारमा बसेको इतर समूहको दुईवटा बैठकले सर्वसम्मत रूपमा थापाको नाममा सहमति जुटाएको हो ।

इतर समूहमा नेता डा.शेखर कोइराला पनि इच्छुक थिए । तर, अन्तिममा उनले थापालाई दलको नेता प्रस्ताव गरे । आजै सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा कोइरालाले थापाको नाम प्रस्तावक हुने भएका छन् । यसअघि अर्का महामन्त्री विश्वप्रकाश शर्माले आफू थापालाई प्रधानमन्त्रीको उम्मेदवारको प्रस्तावक भएको बताएका छन् । संसदीय दलको नेता बन्न थापालाई शर्माले सघाउने भएका छन् ।

देउवा कांग्रेस सभापति हुन् । एउटै पार्टीमा सभापति र महामन्त्री दलको नेताका उम्मेदवार बन्नुलाई पुस्तान्तरणको रूपमा लिइएको छ । आजको भेलामा कोइरालाले पार्टी रुपान्तरणसँगै पुस्तान्तरणका लागि आफूले थापालाई दलको नेतामा प्रस्ताव गरेको बताएका छन् ।

कांग्रेसबाहेक अन्य दलमा यस्तो अभ्यास देखिन्न । कम्युनिस्ट पार्टीमा त अध्यक्षको विरुद्ध अरु कोही लाग्यो भने त्यसको राजनीतिक करियर नै समाप्त हुन्छ । त्यही भएर कम्युनिस्ट पार्टीमा अध्यक्षले जे इच्छा लाग्छ अरुले त्यसमा केही नसोची समर्थन जनाउनुपर्ने हुन्छ ।

कांग्रेसमा ८९ जना सांसद छन् । दलको नेता बन्न ४५ मत भए पुग्छ । निर्वाचनको परिणामअनुसार संस्थापन पक्षमा ५५ जना सांसद छन् । इतर समूहमा ३४ जना छन् । संस्थापन पक्ष बलियो हुँदाहुँदै पनि महामन्त्री थापाले सभापति देउवासँग दलको नेता भिड्न चाहनुलाई धेरैले सकारात्मक अभ्यासका रूपमा लिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार