श्रावण ४, २०८२ आइतबार July 20, 2025

सत्तारुढ तीन दलका शिर्ष नेताबीच बालुवाटारमा छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा छलफल भएको छ।

प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारले उहाँहरुबीच करिब आधा घण्टादेखि बालुवाटारमा छलफल जारी रहेको छ।

माओवादी केन्द्रको संसदीय दलको बैठकले बिहीबार अपराह्न प्रतिनिधि सभाको संसदीय दलको नेतामा अध्यक्ष दाहाललाई सर्वसम्मत चयन गरेको थियो।

प्रधानमन्त्री देउवा नेपाली कांग्रेसको तर्फबाट छैटौँ पटक दलको नेतामा निर्वाचित हुनुभएको छ। अध्यक्ष नेपाल दलको नेतामा सर्वसम्मत चयन भइसक्नुभएको छ।

राष्ट्रपतिद्वारा पुस १० गतेभित्र सरकार गठनको आव्हान भएबमोजिम उहाँहरुबीच सत्ता सहकार्यका विषयमा छलफल भएको हो।

नेताहरूले चुनावपछिसमेत सत्ता गठबन्धनकै नेताले सरकारको नेतृत्व गर्नुपर्ने धारणा सार्वजनिक गर्दै आउनुभएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार