श्रावण ४, २०८२ आइतबार July 20, 2025

जनादेशलाई कदर गर्दै अगाडि बढ्ने एमाले सचिवालय बैठकको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा (एमाले) ले जनताले दिएको जनादेशलाई कदर गर्दै अगाडि बढ्ने निर्णय गरेको छ । आज भक्तपुरको बालकोटस्थित पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको एमाले सचिवालय बैठकले निर्वाचनको जनादेशअनुसार पार्टीले भूमिका निर्वाह गर्दै अगाडि बढ्ने निर्णय गरेको ओलीको सचिवालयले जानकारी दिएको छ ।

बैठकमा वर्तमान राजनीतिक परिवेश र समसामयिक राजनीतिक विषयमा छलफल गर्दै पार्टी अबको दिनमा कसरी अगाडि बढ्ने भन्नेबारेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मेवारी दिने निर्णयसमेत भएको बताइएको छ ।

सरकार गठन र एमालेको भूमिकाका बारेमा समेत छलफल भएको बैठकमा अध्यक्ष ओलीले सरकारका लागि एमालेले मरिहत्ते नगर्ने बताएका छन् ।

वर्तमान सत्तागठबन्धन टुटेको अवस्थामा मात्रै एमालेले सरकार गठनका बारेमा छलफल गर्ने बैठकले निर्णय गरेको बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार