श्रावण ६, २०८२ मंगलबार July 22, 2025

चुनाव हारेको रिस बानियाँलाई यसरी फेरिन् डिनाले

दलको नेतामा बानियाँ पराजित भएको विषयले मकवानपुरमा तरंग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा नुवाकोटका बहादुरसिंह लामा विजयी भए । कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका इन्द्रबहादुर बानियाँ पाँच मतले पराजित भए । लामाले २१ र बानियाँले १६ मत पाए । बानियाँ पाँच वर्षसम्म दलको नेता निर्वाचित भएका थिए ।

लामा कांग्रेस केन्द्रीय सदस्य समेत हुन् । दुवै नेता संस्थापन पक्षका हुन् । तर, अहिले बानियाँ पराजित भएको विषयले मकवानपुरमा ठूलै तरंग ल्याएको छ । बानियाँलाई हराउन सहमहामन्त्रीसमेत रहेकी मकवानपुरकै महालक्ष्मी उपाध्याय डिनाको ठूलो हात रहेको मकवानपुर कांग्रेसमा चर्चा छ । आफू प्रतिनिधिसभा सदस्यमा पराजित भएको बदला डिनाले बानियाँलाई दलको नेतामा हराएर लिएको मकवानपुरका एक कांग्रेस नेताले बताए ।

गत मंसिर ४ मा सहमहामन्त्री डिना मवकानपुर १ मा प्रतिनिधिसभा सदस्यमा उठेकी थिइन् । उनी राप्रपाका दिपक सिंहसँग दुई हजार मतान्तरमा पराजित भइन् । आफूलाई बानियाँले चुनावमा असहयोग गरेको डिनाले आरोप लगाउँदै आएकी छन् । त्यति मात्र होइन, उनले कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवालाई समेत बानियाँकै असहयोगका कारण आफूले चुनाव हारेको कुरा लगाएकी थिइन् । जसकारण देउवा दम्पतीले बहादुरसिंह लामालाई अगाडि सारेर बानियाँलाई दलको नेता हुनबाट रोकेको कांग्रेस नेतृ मिना पोखरेलले बताएकी छन् ।

स्मरण रहोस डिना सभापति देउवाकै कारण सधैं पार्टीमा अवसर पाउने नेतृमध्यमा पर्छिन् । मकवानपुरमा यसपटक कांग्रेसबाट बानियाँ मात्र प्रदेश सभा सदस्यमा विजयी भएका छन् । अरु सबै उम्मेदवार पराजित भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार