श्रावण ६, २०८२ मंगलबार July 22, 2025

जनमत पार्टी मधेस प्रदेश संसदीय दलको नेतामा महेश यादव चयन

मधेश प्रदेशसभाको सचेतकमा चन्दन सिंह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जनमत पार्टीले मधेस प्रदेशसभाको संसदीय दलको नेतामा महेशप्रसाद यादवलाई चयन गरेको छ ।

पार्टीको जनकपुरधाममा बसेको संसदीय दलको बैठकले दलको नेता छान्ने जिम्मा अध्यक्ष डा. राउतलाई दिने निर्णय गरेको थियो । संसदीय दलको बैठकले दिएको अधिकारलाई प्रयोग गर्नुहुँदै अध्यक्ष डा. राउतले प्रदेशसभाको संसदीय दलको नेतामा सप्तरी क्षेत्र नं २ प्रदेशसभा २ बाट निर्वाचित यादवलाई चयन गरेको पार्टीका सचिवालय सदस्य राजेश मण्डलले जानकारी दिनुभयो । यस्तै प्रदेशसभाको सचेतकमा चन्दन सिंहलाई चयन गरेको मण्डलले बताए।

मधेस प्रदेशसभामा १३ सिटसहित ठूलो दल बनेको जनमत पार्टीमा संसदीय दलको नेता बन्न सञ्जय यादव, चन्दन सिंह, वसन्त कुशवाहा, सतिश सिंह, महेशकुमार यादवलगायतका नेताहरू आकांक्षी थिए ।

Madheshvani : The voice of Madhesh - News Portal- जनताले हामीलाई एकपटक मौका दिनुपर्छ, हामी गरेर देखाउँछौं : चन्दन सिंह

नेपाली कांग्रेसले निर्वाचन प्रक्रियाबाट संसदीय दलको नेतामा पार्टीका प्रदेश सभापति कृष्णकुमार यादवलाई चयन गरिसकेको छ ।

प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा (एमाले)सहित जनता समाजवादी पार्टी, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोसपालगायतका दलहरूले अझै संसदीय दलको नेता चयन गरेका छैनन् । प्रदेशसभामा विभिन्न १० राजनीतिक दलको प्रतिनिधित्व भएको छ ।

प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ४३ गरी कुल एक सय सात सिट रहेको प्रदेशसभामा एमालेका २३, कांग्रेस २२, जनता समाजवादी पार्टी (जसपा) १६, जनमत १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नौ, माओवादी केन्द्र आठ र नेकपा एकीकृत समाजवादीका सात सिट छन् । साथै राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल सङ्घीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीको एक–एक सिट छ । प्रत्यक्षमा छ जना स्वतन्त्र उम्मेदवार पनि जितेका छन् ।

यसैबीच प्रदेश सरकारको सिफारिसअनुसार प्रदेश प्रमुख हरिशङ्कर मिश्रले यही पुस १८ दिउँसो १ बजेका लागि प्रदेशसभाको पहिलो अधिवेशन आह्वान गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार